मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मिथिला माध्यमिकी परिक्रमा आज जलेश्वरमा

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको जलेश्वर पुगेको छ । आइतबार मटिहानीमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री जलेश्वर प्रस्थान गरेका छन् । परिक्रमालाई मध्येनजर गर्दै जलेश्वर नगरपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ ।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी पुगेको थियो । आज पाँचौं दिन जलेश्वरमा रात्रि विश्रामपछि छैटौँ दिन भोलि मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली  यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार