मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

Ujyalosandeshonline 12450+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

भैरहवा । लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउर १ सय ३१ रनको मध्यम योगफल बनायो । रुपन्देहीका लागि सिद्धार्थ ढकालले ५४ रनको अर्धशतकीय पारी खेले । ४५ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको जोडे । बलिङमा दाङका शुभम खनालले ६ ओभरमा १५ रन खर्चेर ५ विकेट लिँदा दक्ष ठाकुरले ३, चन्द्रबहादुर थापा र करण जीएमले १–१ विकेट हात पारे ।

१३२ रनको लक्ष्य पछ्याएको दाङ २२ ओभर १ बलमा सबै विकेट गुमाएर ६९ रनमै समेटियो । बलिङमा रुपन्देहीका लक्ष्मण कुमालले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, प्रिन्स पालको नाममा ४ विकेट रह्यो । दाङका अभिजित भण्डारीले सर्वाधिक १८ र शुभम खनालले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रतियोगितामा रुपन्देहीका लक्ष्मण कुमाल म्यान अफ द फाइनल घोषित भए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका थिए ।

विजयी टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशन्तविक्रम मल्ल, प्रतियोगिता संयोजक प्रथम पराजुली लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार