मुख्य समाचार
एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ |

‘आमा सुरक्षा’ बन्द भएपछि प्रसूति गराउने बढे

Ujyalosandeshonline 11010+ समाचार ( )
१० मंगशिर २०८२, बुधवार

नेपालगञ्ज । बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप अत्यधिक बढ्दै गएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगञ्जमा रहेको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिनुभयो । 

उहाँले प्रसूति गराउने महिलाको चापले गर्दा कतिपय अवस्थामा भर्ना भएका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रसूतिका लागि शल्यक्रिया र औषधि, उपचार निःशुल्क हुने भएकाले अस्पतालप्रतिको भरोसा बढ्दै गएको बताउनुभयो । “सरकारी अस्पताल भुइँ मान्छेका लागि नै हो, उहाँहरू बाहिरको अस्पतालमा ठूलो रकम तिर्न सक्नुहुन्न त्यसैले पनि अस्पतालमा चाप बढेको छ”, उहाँले भन्नुभयो । 

आमा सुरक्षा कार्यक्रमअन्तर्गत शल्यक्रियादेखि अन्य सबै औषधि र उपचार निःशुल्क हुँदै आएकामा चालु आर्थिक वर्षबाट यहाँका दुई ठूला निजी अस्पतालमा सो कार्यक्रम बन्द हुँदा अधिकांशले प्रसूतिका लागि भेरी अस्पताललाई रोज्ने गरेका छन् ।  निजी अस्पतालमा प्रसूति सेवा निकै महँगो भएकाले अहिले अधिकांशले भेरी अस्पताल रोजेपछि शय्या र जनशक्ति अभावले समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालमा सामान्य डेलिभरी दैनिक २० देखि २५ र शल्यक्रिया १२ वटा हुने गरेको मेसु डा सुवेदीले बताउनुभयो । 

उहाँले प्रसूतिका लागि आउने बिरामीको चापलाई ध्यानमा राखेर १८ वटा शय्या थप गरिएको तथा केही पोस्टअप बेड थप्दासमेत धान्न नसकेको बताउनुभयो । उहाँले तीन सय श्ययाको अस्पतालमा प्रसूतिका लागि ७५ वटा शय्या छुट्याइएको जनाउँदै हाल आएर त्योभन्दा दोब्बर बढी बिरामी आउने गरेकाले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।  

भेरी अस्पतालको प्रसूति सेवा विभागका प्रमुख वरिष्ठ चिकित्सक डा उर्मिला पराजुलीले केही समययता भेरी अस्पतालमा प्रसूति गराउने धेरै बढी आउन थालेकाले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या अनुपातमा सामान्य बेड, पोस्टअप बेड र जनशक्ति निकै कम भएकाले त्यसतर्फ तत्काल ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालले निजीस्तरमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रम बन्द भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार