मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


स्थानीय सरकारका कारण इटाभट्टा उद्योगीहरु समस्यामा छन् : नातिभाइह्योम्वा

Ujyalosandeshonline 11474+ समाचार ( )
नाति भाई ह्योम्बा अध्यक्ष, भक्तपुर ईटा उद्योग व्यवसायी संघ
१२ पौष २०८१, शुक्रबार

इटाभट्टा उद्योगीहरुले विगतझैं यसबर्ष पनि इटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरीइटाभट्टामा इटा पोल्न आगो लगाउनेतयारी गरेका हुन् । व्यवसायीले करिब पाँचमहिना निरन्तर इटा पोल्ने बताएका छन् । यसै सिलसिलामा २०४६ साल देखि इटा उद्योग चलाइरहेका भक्तपुर नगरपालिका–९ का नातिभाइह्योम्वाले इटा पोल्ने कामको तयारी भइरहेको बताए । भक्तपुर इटा उद्योगव्यवसायी संघको अध्यक्ष समेत रहेका ह्योम्वासँग उद्योगका समसामयिक विषयमा कुराकानी : 

काँचो इटाको तयारीदेखि कारखानासम्मनिर्माणको प्रक्रिया कसरी गरिन्छ ?

सुरुमाहामीले इटालाई जम्मा गरेर राखेका हुन्छौ । त्यसलाई मेशिनले पेल्छौं । त्यो पेलेको माटो इटा बनाउनेहरुको खलमा लैजान्छौं । त्यसपछिको इटा बनाएर सुकाउने कामत्यही हुन्छ । त्यसपछि सुकेको इटा भट्टामा ल्याउने काम गर्छौ । 

भट्टामा इटा पोल्ने कामकहिले हुन्छ, त्यसको उपयुक्त समय कुनहो ?

औद्योगिक प्रवद्र्धन बोर्ड, नेपाल इटा उद्योग महासंघ र उद्योग मन्त्रालयको सहकार्यमा एउटा निर्णय भएको छ । नेपालअधिराज्यभर नै अहिले वातावरणमा प्रदूषण बढ्ने भएकालेपुषमसान्तसम्म इटा उद्योगमाआगो नलगाउनु भन्ने निर्देशन छ । वातावरण प्रदूषण हुने भएकाले पुषसम्म इटा उद्योगमाआगो नलगाउँदाठिक होलाभन्ने हाम्रो पनिबुझाइ छ ।

पुषमहिनामा धेरै हावाचलेको हुदैँन्, सबै इटाभट्टाहरुमा एकै पटक आगो लगाउने हो भने यसले वातावरणलाई धेरै प्रभावपार्ने हुदाँ माघ लागेपछि मात्रकाम सुरु गर्दा उपयुक्त हुन्छ । यही कुरालाई ध्यानमा राखेर माघ १ गतेदेखि भक्तपुर जिल्लामाभट्टाहरु सञ्चालन हुन्छन् । 

भट्टामा आगो लगाउदाँ के केविधिहरु अपनाउनु हुन्छ ?

पहिलापहिलाइटा उद्योगमाप्रविधिनजान्दाधेरै दाउरा बाल्ने गरिन्थ्यो ।विगत २० वर्षदेखि कोइलासल्काउनलाई थोरै दाउरा प्रयोग गर्ने गरेका थियौं । अहिले ग्यासको प्रयोग गर्ने गरेका छौ । यसले दाउरा पनिबच्यो र वातावरणको हिसाबले पनिदाउराभन्दाग्यास बाल्नु राम्रो हुन्छ जस्तो लाग्यो । खर्चको हिसाबले पनिदाउरामा धेरै खर्च हुन्थ्यो । ग्यास केहीमात्रामा सस्तो पर्छ । 

इटाभट्टा व्यवसायको अहिलेको अवस्था के छ ?

समग्र उद्योगको स्थिति नै ठिक छैन् । समग्र व्यवसायी र व्यापारीहरुपनि समस्यामा छन् । आर्थिक क्रियाकलाप नै कमभइरहेको छ, इटा उद्योग पनित्यसमा अछुतो रहेन् । उत्पादनभएकातीन–चार वर्षदेखिकाइटा स्टकमा छन् ।विक्रीछैन् । विक्रीकमछ । रेटपनि राम्रो छैन् । अन्यउद्योग जस्तो बन्द गरेर पनि राख्नसकिदैन् ।जग्गा भाडामा हुन्छ, गाडीहरु छन्, कामदारहरु छन् ।जसले गर्दा बाध्यभएर पनिचलाउनुपर्ने अवस्था छ । पोहोर साल७५ दिनमात्रआगो लगाउने कामगर्यौं । त्यसमापनि इटाखपतभएन् । अहिले पनिहामीसँग धेरै स्टकमा छ । अहिले बजारमा इटाको माग धेरै कमछ ।

मागकमहुनुको मुख्य कारण के होला?

अहिले निर्माण कार्य नै कमभएको जस्तो लाग्छ । धेरैजसो युवाहरु विदेश पलायनभएकाले काठमाडौंमा घर निर्माण नभएजस्तो लाग्छ । हाम्रो अनुमानपनि मान्छेको जनघनत्व र आयस्रोत नै कमभएर पनि घर बनाउने कामकमभएको जस्तो लाग्छ । 

स्थानीय सरकारले उद्योगको लागि कस्तो व्यवस्था र सहयोग गरेको छ अथवा सहयोग पाउनु भएको छ कि छैन् ?

स्थानीय सरकारले सहयोग गरेको छैन् भन्नपनिमिल्दैँन् । तर सहयोग भन्दापनि बढीदुःखपाइरहेका छौं । स्थानीय सरकार आएपछिदुःख र झन्झट बढी भएजस्तो अनुभूति हुन्छ ।किनभने हाम्रो उद्योगचलिरहँदापनि यो ठाउँको माटो निकाल्नमिल्दैन्, यस्तोउस्तो गर्नु हुन्न, भाडा तिरिरहेको जग्गाको माटो लिदाँपनिकर लिने जस्ताविभिन्न किसिमबाट नगरपालिकाले दुःखदिइरहेको छ । जनप्रतिनिधिहरु आएपछि धेरै समस्याहरु आइरहेका छन् । मेयरहरुले काम सुरु गर भनेर सिफारिस दिनुहुन्छतर स्थानियबासीले अवरोध गर्ने गरेका छन् ।

खुल्लाठाउँमा गर्नुपर्ने कामहो, चोरेर गरेको कामहोइन् ।विभिन्न समस्याहरु आएपनिसमाधानगर्दै अगाडि बढेका छौ । इटा उद्योगहरु अब आधुनिक रुपमा अघि बढेका छन् । वातावरण संरक्षण गर्नको लागिपनिनयाँप्रविधिमागइसकेका छौ । विगतआठ नौंवर्षदेखि नयाँप्रविधिमाअपनाएकाकारण वातावरण प्रदूषण पनिकमभएको छ । चिम्नीलेकालो धुवाफाल्दैँन् । अब नयाँप्रविधिप्रयोगगर्दा, प्रदूषण जाँच गर्छौ रसरकारले तोकेको भन्दापनि धेरै कम प्रदूषण हुनेगर्छ ।त्यसलाई पनिअझकम गर्नको लागिअझै अध्ययनभइरहेको छ । 

हालै इन्जिनियरहरुले इटा उद्योगमा गर्न सकिने कामको डेमो गरेर देखाउनु भएको छ । यसलाई पनिधेरै मात्रामा गर्न सकिने हो भने अझ प्रदूषणलाई जिरोमा नै लान सक्छौ । 

भक्तपुरको चाँगुनारायण नगरपालिकामामात्र भट्टाहरु बढि भयो, यसले असर पारेको छभन्ने गुनासो छ ।यसप्रतितपाईको धारणा के छ ?

निश्चित रुपमाउद्योगमाकामगर्दा, अलिकतिअसर त हुन्छ । नगरपालिकामामात्र भट्टा उद्योगहुनुको मुख्य कारण भनेको २०६१ देखि नै कुनै इटा उद्योग दर्ता भएको छैन् । नगरपालिकामापहिला घरहरु थिएन्, फाँट थियो ।हामीले उद्योग सञ्चालन गरेको समयमायहाँकुनैपनि घर थिएन् । त्यो बेलादेखि नै यहाँकामगर्दै आएको हो । अहिले यहाँजग्गाकिनबेचले गर्दा बस्तीहरु बस्न आएको हो । तर चाँगुनारायण नगरपालिकामात्रहोइनभक्तपुर जिल्लामा एक समयमाएकसय १८ वटासम्म इटा उद्योग सञ्चालनमाथियो ।अहिले संख्या घटेर ६०–६२वटा पुगेको छ । त्यसमापनियसपाली ४०–४२ वटा मात्र सञ्चालन हुन्छ कि भन्ने अनुमान छ । 

इटा व्यवसाय सञ्चालनकालागि कस्तो कस्तो कच्चापदार्थको आवश्यक पर्छ ?

कच्चापदार्थ भन्दामुख्य कुरा माटो नै हो । अहिले माटो नै सकिदैँ गएको छ । बिना माटो इटा उद्योग सञ्चालनहुदैँन् । यसका साथै कोइला र भुसइन्धनको रुपमाप्रयोग गर्छौ । चिम्टाइलोखालको माटो हुन्छ ।त्यसले इटा बनाउँदा राम्रो र गुणस्तरको हुन्छ र त्यही माटोको प्रयोग पनि बढी हुन्छ । अहिलेकालागिभक्तपुरमा माटोको त्यस्तो कमी छैन् । हामीले माटोको सदुपयोग गर्न सकेनौं र माटो लिनजाने ठाँउमा समस्याहरु आइरहेको छ । कामनलाग्ने, खेती योग्यनभएको जग्गाबाट माटो निकाल्दा खेतीयोग्यपनि हुन्छ । त्यो घडेरीको रुपमापनिप्रयोग हुन्छ । त्यसकारण निकाल्नैपर्ने माटो मात्रप्रयोग गरेका छौ । भक्तपुर इटा उद्योग छेउमा भने माटो छैन् । अहिले छिमेकी जिल्लाहरुबाट पनि माटो ल्याउने कामभइरहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार