मुख्य समाचार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान | विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु | अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन |

‘युद्धका बादलहरु मडारिरहेका बेला बुद्धिज्म र शान्ति आवश्यक छ’

Ujyalosandeshonline 11038+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुद्धिज्म र शान्ति आजको आवश्यकता भएको बताएका छन् । लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुनियाँमा युद्धका बादलहरु मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुद्धिज्म भएको बताए । 

उनले भने, ‘बुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आवश्यकता हो । किनभने दुनियाँमा युद्धका बादलहरु मडारिरहेका छन् । दुनियाँ कहीं युद्धतिर त जाँदैन, युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरुको निर्माण भएको छ ।’ युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने भन्दै युुद्धले शान्ति स्थापना गर्न नसक्ने बताए । 

उनले भने, ‘विश्व शान्तिका लागि एउटा चुनौती हो । यसलाई रोक्ने कुरा, म भन्न चाहन्छुु, हतियारले, युुद्धले शान्ति स्थापना गर्न सक्दैन । युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने हो, शान्तिको सम्भावना हुँदैन । त्यसकारण विश्वभरिका सचेत र शान्तिप्रिय मानिसहरुको शान्तिका निम्तिको आकांक्षा र संयुक्त आवाज नै विश्व शान्तिको स्थापना र  त्यसलाई कायम राख्ने कुराको सबैभन्दा भरपर्दो आधार हो । त्यसैकारण यसमा बुद्धका शिक्षाहरु, शान्तिका शिक्षाहरु आज यसकारण झन् बढी महत्वका रहेका छन् ।’नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै नभई इतिहास र संस्कृतिको निर्माणसँग जोडिएको भन्दै त्यसो भएर यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्ने पनि उनको भनाई छ । 

उनले भने, ‘नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै होइन, यसमा भावनात्मक, मानवीय, परस्परमा सहयोग गर्ने सहयोगी छ । अहिले कुटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहंदै आएको छ । हाम्रा दुुई छिमेकीहरुसँगको हाम्रो सम्बन्ध कुटनीतिभन्दा पुरानो छ । विभिन्न राज्यहरुको निर्माण, आजका सीमानाहरुभन्दा पुुरानो छ । संस्कृतिको निर्माणसँग जोडिएको छ । त्यसो भएर हामीले यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार