मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जी.आई. भोजपुरियाद्वारा "दुर्गा मैयाँ कि जय बोल" देवी गीत सार्वजनिक

सितमती हरिजन 24+ समाचार ( )
४ अशोज २०८२, शनिबार

सुस्ता । पश्चिम नवलपरासीको जी.आई. भोजपुरियाले नेपालीहरूको महान पर्व बडा दशैंलाई लक्षित गरी भक्तिपूर्ण देवी गीत "दुर्गा मैयाँ कि जय बोल" सार्वजनिक गरेको छ। नव दुर्गा पूजा समिति, सरावल ०२ पटखौलीको सहकार्य र जी.आई. भोजपुरियाको निर्माणमा तयार पारिएको यस गीतले हिन्दू धर्मावलम्बीहरूको आदिशक्ति दुर्गा भवानीप्रतिको प्रेम र भक्तिलाई सुन्दर ढंगले चित्रण गर्दछ ।

नवलपरासीमा चर्चित गायक ईश्वर चौधरी र गायिका नेहा राजको स्वर रहेको यस गीतमा अनिल कुसुमको शब्द, सरबिन्दको संगीत रहेको छ। गीतको भिडियोमा मुख्य कलाकार मानसिंह चौधरी र सबिना मगरको अभिनयले सबैलाई आकर्षित गरेको छ। राकेश राजले छायांकन गरेको यस भिडियोको निर्देशन सागर परियारले गरेका हुन् ।

निर्माता गोविन्द चौधरीका अनुसार जी.आई. भोजपुरियाले यसअघि पनि थारु र भोजपुरी लगायत विभिन्न भाषामा दर्जनौं सफल गीतहरू सार्वजनिक गरिसकेको छ। उनले अब आउने गीतहरू पनि अझ उत्कृष्ट रहने र पर्यटकिय क्षेत्रको प्रवर्द्धन गर्ने गरि छायांकन गरिने जानकारी दिए। सरावल ०२ पटखौलीका स्थायी बासिन्दा चौधरीले आफूले पहिलो पटक थारु गीत गाए पनि सबै जातजातिको भाषा र गीतलाई समान रूपले माया गर्दै आएको बताए ।

चौधरीले वर्तमान अवस्थामा नेपाली, थारु र भोजपुरी भाषाका गीत संगीतले राम्रो बजार पाएको बताउँदै ग्रामीण क्षेत्रका कलाकाहरूलाई अवसर प्रदान गर्न जी.आई. भोजपुरिया सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। "दुर्गा मैयाँ कि जय बोल" गीत जी.आई. युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै राम्रो गीत बनेको छ । र ujyalosandesh online khabr लाई धेरै धेरै धन्यवाद ।🙏🙏🙏

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै धेरै धन्यवाद उज्यालो सन्देश लाई 🙏🙏🙏🙏

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै धेरै धन्यवाद उज्यालो सन्देश लाई 🙏🙏🙏🙏

गोबिन्द चौधरी ४ अशोज २०८२, शनिबार

धेरै धेरै धन्यवाद उज्यालो सन्देश लाई 🙏🙏🙏🙏

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार