मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अपांगता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा काम गर्न ध्यानाकर्षण

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदम बहादुर परियारले अपांगता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा काम गर्नेगरी दुईवटा पारा ओलम्पिक कमिटीलाई एक बनाउन माग गरेका छन् ।

राष्ट्रिय सभाको, सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंसिर १६ गते बसेको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमक्ष परियारले उक्त माग राखेका हुन् ।

समितिका सदस्य समेत रहेका परियारले मन्त्रालय अन्र्तगत अपांगता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा काम गर्नेगरी हाल दुइवटा पारा ओलम्पीक कमिटीहरु संचालनमा रहेको र यसले पारा खेलकुदमा काम गर्न अप्ठ्यारो परेको भन्नेतर्फ मन्त्री तथा सदस्य सचिवको ध्यानाकर्षण गर्दै राष्ट्रिय पारा खेलकुदको मिति तोक्न पनि माग गरे ।

जबाफमा मन्त्री चौधरीले पारा ओलम्पीक कमिटिलाई एक बनाउने सबालमा काम गरिरहेको र छिटै निष्कर्षमा पुग्ने तथा राष्ट्रिय खेलकुद लगत्तै पारा खेलकुद पनि आयोजना गर्ने मन्त्रालयको योजना रहेको सुनाए । 

त्यस्तै मन्त्री चौधरीले १०औ राष्ट्रिय खेलकुद आउँदो फागुन महिनामा कर्णाली प्रदेशमा नै आयोजना हुने प्रतिबद्धता व्यक्त गरे । 

बैठकमा मदन कुमारी शाह गरिमाले मन्त्रालयले खेलकुद तथा युवा नीति नियमहरुका बारेमा राखेको जिज्ञासामा मन्त्रालयका सचिव सुमनराज अर्यालले हाल मन्त्रालयले राष्ट्रिय युवा नीति, खेलकुद नीति र खेलकुद ऐन संसोधनका लागि काम गरिरहेको जानकारी गराइन् । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय खेल संघहरुलाई व्यवस्थित र जिम्मेबार बनाउन तथा २०२६ मा जापानमा हुने एसीयन खेलकुदमा नेपालले डबल डिजिटको पदक ल्याउने लक्ष्यका साथ मिसन २०२६ का लागि कार्य गरिरहेको बताए । 

समितिका सभापति माया प्रसाद शर्माले मन्त्रालयलाई १०औ राष्ट्रिय खेलकुदलाइ कुनै हालतमा पनि कार्यान्वयन हुनेगरी कार्य गर्ने मन्त्रालयको विषेश ध्यानाकर्षण गर्दै यस विषयमा समितिले निरन्तर खबरदारी गर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार