मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


साहित्यका प्रथम सहिदको सालिक बन्यो, पार्क बनाउन रकम अभाव

Ujyalosandeshonline 11474+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

रामेछाप । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थल रामेछापको मन्थली नगरपालिका–२ कठजोरमा सालिक स्थापना भएको छ । कृष्णलालको स्मृतिमा पार्क निर्माण गर्ने योजना अनुसार वडा कार्यालयले नगरपालिका समेतको सहकार्यमा सालिक स्थापना गरेको हो ।

कठजोर चौरमा कृष्णलालको सालिक राखिएको भए पनि बजेट अभावको कारण पार्कको बाँकी काम अघि बढ्न सकेको छैन । पार्क निर्माणको लागि ग्याभिन उठाउने काम भएको भएपनि त्यसलाई पुर्ने, सम्याउने तथा अन्य सजावटका काम हुन सकेका छैनन् । ‘जम्मा सालिक राखियो, अरू काम गर्न सकिएको छैन, बजेट नहुँदा बाँकी काम रोकिएको छ, स्रोत खोज्ने काम भइरहेको छ’, वडा सदस्य चित्रशंकर अधिकारीले भने । 

जिल्ला सदरमुकाम मन्थलीबाट ४५ मिनेटको दुरीमा रहेको अधिकारीको जन्मस्थल कठजोरसम्म पुग्ने सडक पिच हुने क्रम सुरु भएको छ । मन्थली नगरपालिकाले सो सडकको नाम सुब्बा कृष्णलाल राजमार्ग राख्ने निर्णय समेत गरेको छ । सडक पिच भएपछि मन्थलीबाट आधा घण्टामा कठजोर पुग्न सकिन्छ । जसले गर्दा कठजोर साहित्यिक पर्यटकीय स्थल बन्न सक्छ । 

सुब्बा कृष्णलाल राष्ट्रको गहना भएकाले उनको स्मृतिमा स्थानीय स्तरबाट सुरु गरिएको काममा केन्द्र र प्रदेश सरकारले पनि सघाउनु पर्ने धारणा मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीको छ । यस विषयमा दुवै तहका सरकारमा पहल भइरहेको उनले बताए । 

कृष्णलाल राष्ट्रका गहना भएकाले स्थानीय सरकाले उनको सम्मानमा सुरु गरेको काममा प्रदेश र केन्द्र सरकारले सघाउनुपर्ने वागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको भनाइ छ । यसको लागि प्रदेश र केन्द्र सरकारका निकायमा आफूले पहल गर्ने उनले बताए । 

रामेछापको कठजोरमा विसं १९४४ माघ २४ गते जन्मिएका नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीले राणा कालमा कौशील अड्डामा सुब्बाको जागिरे भएकै बेला मकैको खेती नामक पुस्तक लेखे बापत राणाहरूले हतकडी र नेलकडी सहित कारागारमा राखेका थिए । उनको कारागारमा नै निधन भएको थियो । 

लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा कृष्णलालले १९७७ मा  सो पुस्तक लेखेका थिए । ६० पेजका उक्त पुस्तक नक्साल भगवती नजिकै पशुपति छापाखानामा एक हजार प्रति छापिएको थियो । 

पुस्तकको भूमिकामा कृष्णलालले उल्लेख गरेको मकै खाने रातो टाउको र कालो टाउको भएको कीरामा राणालाई व्यङ्ग्य गरिएको भन्दै कसैले पोल लगाइदिएपछि अधिकारीलाई जेल हालिएको थियो ।  त्यतिबेला चन्द्र शमशेरले रातो र भीम शमशेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे । रातो टाउके र सेतो टाउके भनेर उनीहरूलाई व्यङ्ग्य गरिएको पोल लगाइएको थियो । 

सोही कुरा पत्याएर विसं १९७७ साउन ११ अधिकारीलाई पक्राउ गरी सबै किताब जफत गरिएको थियो । छापिएका मध्ये एक प्रति किताब फेला नपरेपछि किताब लुकाएको भन्दै अधिकारीलाई ९ वर्ष जेल सजाय सुनाइएको थियो । जस मध्ये ५ वर्ष को सजाय हराएको एक प्रति किताबको लागि तोकिएको थियो । जेलमा नै रहेको बेला अधिकारीलाई क्षय रोग लाग्यो र १९८० मा निधन भयो । जेलमा निधन भएकोले अधिकारीलाई प्रथम साहित्यिक सहिद भनिएको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार