मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा दुई सय ३४ भौतिक संरचना क्षति

Ujyalosandeshonline 11474+ समाचार ( )
११ कार्तिक २०८२, मङ्गलबार

महेन्द्रनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी क्षति भएको विवरण सङ्कलन गरिएको छ । 

सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरका एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँचवटा सरकारी संरचना पूर्ण रूपले क्षति भएको छभने प्रदेशभरि एक सय ५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । 

आंशिक क्षतिमा पनि सबैभन्दा बढी कैलालीमा एक सय तीन, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीनवटा सरकारी भवन परेका छन् । त्यसैगरी, सुदूरपश्चिममा व्यापारिक र निजीघरतर्फ ३८ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निजीतर्फ कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा घरमा क्षति पुगेको छ । जेनजी आन्दोलनमा यहाँ सात सय ८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । यहाँ पाँच सय ७३ दुईपाङ्ग्रे र एक सय ३५ चारपाङ्ग्रे सवारीसाधनमा क्षति भएको छ । निजी सवारीसाधनतर्फ तीनवटा साधनमा क्षति पुगेको छ ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले ठाडो निवदेन आए पनि जाहेरी आएको छैन । “जाहेरी आए पनि सङ्कलन गर्ने भन्ने छ”, प्रवक्ता बोहराले भन्नुभयो, “किटानी जाहेरी दिएर ठाडो उजुरी दिएको अवस्था छैन, क्षति विषय उल्लेख गरिएको छ ।” कञ्चनपुर कारागारबाट भागेका चार सय ७८ जनामध्ये ९८ जना कैदी अझैसम्म फरार छन् । उनीहरुको खोजीकार्य जारी छ ।     

त्यसैगरी, कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा जाहेरी नपरेको बताउनुभयो । “भागेकामध्ये चार सय छ जना आए, दुई सयभन्दा बढी अझै फरार रहँदा खोजीकार्य पनि तीव्र रूपमा हुँदैछ”, प्रवक्ता सिंहले भन्नुभयो, “कैलाली प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।”रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार