मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘संविधान कार्यान्वयन अत्यन्तै फितलो भयो’

Ujyalosandeshonline 11005+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संविधानमा उल्लेख भएका व्यवस्थाहरु कार्यान्वयनको पाटोमा भने अत्यन्तै फितलो भएको बताएका छन् । 

काठमाडौंमा सोमबार नेविसंघद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिए पनि तीन तहमा नै कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको बताए ।  

उनले भने, ‘नेपालको संविधान समाजवादउन्मुख छ । नेपालको सार्वभौम संसदमा प्रतिनिधित्व गर्नुहुने ९५ प्रतिशतभन्दा बढी संघीय सांसदहरुले समाजवादलाई आफ्नो विधानमा अपनाएर समाजवादउन्मुख संविधान भनेर त्यही नारा लिएर जनताको सामु भोट माग्न जान्छौं । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिएको छ । तर, चाहे त्यो संघीय सरकारबाट किन नहोस् प्रदेश र स्थानीय सरकारबाट किन नहोस्, कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको कारण देशमा भ्रष्टाचारहरु बढिरहेको छ । आज व्यवस्था परिवर्तन त गरौं तर विद्यालय र विश्वविद्यालयको अवस्था परिवर्तन हुनै सकेन ।’

शिक्षा प्रणालीलाई ध्वस्त पा¥यो भने त्यो देश आफै ध्वस्त हुने भनाइ चरितार्थ गर्ने गतिविधितर्फ मुलुक रहेको उनले दुखेसो गरे । मुलुकलाई भ्रष्टाचारमुक्त, सबैको विश्वास र आशाको केन्द्र बनाउन आवश्यक रहेको उनले बताए । 

उनले भने,‘आज देशमा हामी सबैको चासो भनेको सुशासन हो । भ्रष्टाचारमुक्त समाज हामी सबैको एउटा विश्वास र आशाको केन्द्र बनोस् भन्ने अभिलाषा छ ।’सरकारले नेपाललाई एजुकेशन हब बनाउने भने तापनि नारा एकातिर तर व्यवहार अर्कोतिर भएको भनाइ उनले राखे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार