मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम

Ujyalosandeshonline 12431+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

जनकपुर । ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् । बुधबार (आज) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् ।

राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गर्दै आएको स्थानीयवासीको आरोप छ । लामो समयदेखि पुल निर्माण अधुरोध रहेका कारण दर्जनौँ मानिस दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् ।

मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणका नाममा भइरहेको लापरबाही जनताको जीवनसँग खेलवाड भएको टिप्पणी गर्दै भने, ‘हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ। यदि तत्काल निर्माण सुरु भएन भने जनस्तरबाट संघर्ष चर्किनेछ ।’

उनका अनुसार आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदैछ । वार्ता सकारात्मक नभए आमसभा, धर्ना, मसाल जुलुसजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनले दिए ।

पुल नहुँदा साना सवारीसाधन खोलाको पेटीबाट जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्। चक्काजाममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार