मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम

Ujyalosandeshonline 11009+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

काठमाडौं ।  कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो ।

त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाले शनिबार दिउँसो  देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि देखाएको छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखा जनाउँछ ।

शनिबार राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उपत्यकामा वर्षाले राहत

आज भने केहीदिन यता बाक्लो धुलोले प्रदुषित भएको काठमाडौं उपत्यकाको आकाश आज अपरान्ह परेको पानीले सफा बनाएको छ । श्वासप्रश्वासमा समेत जोखिम हुने गरी वायु प्रदुषण भएको भनेर चिकित्सकहरुले चेतावनी नै दिएका थिए । तर अपरान्हको वर्षापछि उपत्यकाको जनजीवनमा केही राहत महसुश गरिएको छ । करिब एकसातादेखि काठमाडौं विश्वकै सबैभन्दा दूषित शहरमा गनिँदै आएको थियो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि हल्का वर्षा भएको जनाएको छ । 

महाशाखाले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

यो समय प्रि–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने नहुने र ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायुप्रदूषण न्यूनीकरणमा भने राहत मिल्ने महाशाखाले जनाएको छ । 

कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार