मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’

Ujyalosandeshonline 11009+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सजक रहन आग्रह गरेको छ । मंगलबार बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति हुँदा नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको पनि जिल्ला प्रशासनले जनाएको छ ।

नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुग्नुका साथै विपद्को सम्भावित जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्णलाई सतकर्ता अपनाउन आग्रह गरेको छ । 

‘आज मिति २०८२।०३।२४ गते बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति भई यस नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुगेको अवस्था छ।

उक्त विपद्को प्रतिकार्यका लागि स्थानीय प्रशासन एवम् जनसमुदाय तदारुकता साथ क्रियाशील छ । विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दा समेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ।

साथै, बाढी पहिरो वा अन्य क्षतिको सम्भावित जोखिम देखिएमा तुरुन्त नजिकैको सुरक्षा निकाय, प्रहरी कन्ट्रोल नं. १०० वा जिल्ला आपतकालिका कार्यसञ्चालन केन्द्रको फोनं. ०१०–५४००१९ मा जानकारी गराई दिनुहुन समेत अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय रसुवाले सूचनामार्फत भनेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै