मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

सरसफाई प्रभावकारी बनाउन जनसहभागीता महत्वपूर्ण : मेयर खाँ

Ujyalosandeshonline 11011+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले सरसफाईको दिगो व्यवस्थापनको लागि समुदाय एवं जनसहभागीता महत्वपूर्ण हुने बताएका छन् । बगंलादेशको राजधानी ढाकामा आयोजित अन्तरदेशीय स्वस्थ्य तथा सरसफाई सम्बन्धी सम्मेलन–२०२५ लाई मगंलबार सम्बोधन गर्दै उनले सरसफाई कार्यक्रम सञ्चालन गर्न जनताको सहभागीता महत्वपूर्ण हुने बताएका हुन् ।

‘राम्रो स्वच्छता र उचित फोहोर डिस्पोजललाई प्रोत्साहित गर्दै हामी विद्यालय र छिमेकमा नियमित रूपमा जागरूकता अभियानहरू चलाउँछौं’उनले भने‘–समुदाय नेतृत्वको कार्यक्रमहरूले घरपरिवारलाई शौचालय निर्माण र प्रयोग गर्न मद्दत गरेको छ र महिला समूहहरूले सरसफाई सुविधाहरू कायम राख्न ठूलो भूमिका खेलेको छ । दुवै अनसाइट र अफ–साइट सरसफाई मूल्य श्रृंखलालाई पनि प्राथमिकता दिइन्छ ।’ उनले एसियाका शहरहरू तीव्र गतिमा बढ्दै गएको सन् २०३० सम्ममा ५५ प्रतिशत भन्दा बढी जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्ने दावी समेत गरे ।

उनले त्यसबेला उच्च जनसंख्या घनत्व र शहरी विस्तारका साथ, मानव फोहोरको विशाल मात्राको व्यवस्थापन अझ चुनौतीपूर्ण हुँदै जाने बताए । त्यसलाई मध्यनजर गर्दै अहिले नै स्वास्थ्य एवं सरसफाईको लागि सबैको साझा प्रयासबाट निष्कर्ष निकाले कार्यान्वयनमा जानुपर्ने उनले बताए । उनले अझै पनि अधिकांश शहरहरूमा, परम्परागत ढल सञ्जालहरूले प्रायः नयाँ वा अनौपचारिक बस्तीहरूलाई सेवा दिन नसकेको उल्लेख गरे । नगरप्रमुख खाँले सरसफाईमा महिला र सुविधाबिहीनको सहभागीता पनि दिगो विकासका लक्ष्य ६.२ हासिल गर्न चुनौती बनेको दावी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार