मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सहमति जुट्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

Ujyalosandeshonline 12441+ समाचार ( )
११ माघ २०८२, शनिबार

सुदूरपश्चिम । सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथिको थप कामकारबाही रोकिएको छ । ऐनका कतिपय दफा विवादित बनेपछि संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभामा ‘टेबुल’ भएको लामो समय भइसकेको छ । विधेयकमा सहमति जुट्न नसकेकै कारण प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको नियमित बैठक पनि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।

सभामुख भीमबहादुर भण्डारीले स्वार्थी समूह हाबी हुँदा संशोधन विधेयकको थप कारबाही अघि बढ्न नसकेको जिकिर गर्नुभएको छ । ऐन कार्यान्वयनबाट सीमित कर्मचारीलाई मात्र फाइदा पुगेको भन्दै असन्तुष्ट कर्मचारीले अदालतमा मुद्दा दर्ता गरेपछि ऐन विवादित बन्न पुगेको हो । 

अदालतले अन्तरिम आदेश जारी गरी हाललाई ऐन कार्यान्वयन नगर्न÷नगराउन आदेश जारी गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयको विधायन शाखाका प्रमुख भूरीप्रकाश जोशीले गहन अध्ययन नगरी लापरबाही ढङ्गले कानुन बनाउँदा विवादित बन्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐनको दफा ९ मा ज्येष्ठ कर्मचारीलाई कनिष्ट र कनिष्ट कर्मचारीलाई ज्येष्ठ बनाउने खालको प्रावधान समेटिएकाले विवादित देखियो । बढुवा हुन पाउने ज्येष्ठ कर्मचारीको बढुवा नहुँदा उहाँहरू अदालतसम्म पुग्नुभयो ।”

ऐनबमोजिम यसअघि नै सुदूरपश्चिम प्रदेशका विभिन्न सेवामा कार्यरत धेरै कर्मचारीको बढुवा भइसकेको छ । ऐन बनेर कार्यान्वयमा गएको एक वर्ष नपुग्दै सरकारले यो ऐन संशोधनका लागि पहल गरेको हो । ऐन संशोधन विधेकलाई सङ्घीय कानुनअनुसार बनाउन लागिएको भए पनि तत्कालै थप कारबाही अघि बढाउन अन्योल भएको विधायन शाखा प्रमुख जोशीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन सरकार छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार