मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

Ujyalosandeshonline 12444+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

कपिलवस्तु । बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका बाणगङ्गा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ । शनिबार बाढीपछि बेपत्ता भएका लामाको शव आज नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार भारतीय प्रहरीको समन्वयमा सोहरदगढ प्रहरी चौकीमा उनको शव राखिएको छ । आवश्यक कानुनी प्रक्रिया तथा भारतीय प्रहरीसँगको समन्वयपछि शव नेपाल ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, “फोटो भिडियोबाट बालकको शव पहिचान भइसकेको ट, शवलाई नेपाल ल्याउने तयारी गरिएको छ ।” बाणगङ्गा नदीमा शनिबार आएको बाढीका कारण बालक बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार