मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रियाहरु लामो हुने समस्या छ : मन्त्री पन्त

Ujyalosandeshonline 12431+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामको प्रक्रियाहरु लामो हुने समस्या रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रुपान्तरण गर्न सकिने बताएका हुन् । 

उनले भने,‘शिक्षा एउटा आपरिहार्य र महत्वपूर्ण विषय हो । मैले के अनुभव गरेको छु भने अहिले पनि हाम्रो राज्यको तर्फबाट उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधाहरु पनि उपलब्ध गराउन सकेको अवस्था छैन् । केही हाम्रो आर्थिक अवस्था त्यस्तै छ त्यहीमाथि काम गर्ने प्रक्रिया असाध्यै लामो छ । जुन परम्परागत प्रक्रिया छ त्यसलाई पनि तोड्न सकेको छैनौं । नयाँ प्रविधिमा जाँदा रुपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहाना छ । तर अझैपनि भएको छैन ।’ 

त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए । कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकीचाउन नहुने पनि उनको भनाई छ । 

उनले भने,‘हाम्रो आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जित गर्छौं । आजको छलफलले यसका कतिपय प्रावधानमा संशोधनको माग गर्छ भने हामी संशोधन र परिमार्जन गर्न हिचकीचाउन पर्ने केही छैन् ।’ मन्त्री पन्तले बनेका राम्रा नीतिहरु थन्किएर बसेको भन्दै व्यवहारमा लागू हुन नसकेको धारणा राखे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार