मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन, आश्वस्त पार्नुहोस

Ujyalosandeshonline 11474+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

सुर्खेत । जेन–जी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेंलले प्रदेशस्थित सुरक्षानिकायहरुसँग छलफल गरेका छन । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरि काम गर्न चारैवटै सुरक्षा निकायलाई आग्रह गरे ।  

मुख्यमन्त्री कडेलले उदेश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझैपनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरि आफना गतिविधि संचालन गर्न चारैवटै सुरक्षा निकायलाई सुझाव दिए ।

मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस ।’

मुख्यमन्त्री कडेलले थप शान्ति सुरक्षा विग्रन नदिन प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरुलाई आश्वस्त पारे । उनले भने, ‘तपाईहरुको तालुकदार निकाय संघीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्र्दभमा तपाईहरुलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ ।’                                                                                     

मुख्यमन्त्री कडेलले शान्तिपूर्ण प्रर्दशनबाहेक हिसांत्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै  माथिल्लो तहको आदेशको अन्यौलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए ।

उनले भने, ‘नुहुनुपर्ने क्षति भयो, सुर्खेतमा सिमित जनशक्तिले आफनो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाईहरुलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाईहरुको नियन्त्रणमा रहेन।’ मुख्यमन्त्री कडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि दिए । मुख्यमन्त्री कडेलले यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा संयम र धैर्यताको खाँचो भएको रहेकोले सुरक्षाकर्मी संयमका साथ अगाडी बढ्नुपर्ने धारणा राखे । 

कडेलले भने, ‘आन्दोलनमा नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेरे अनुसन्धान गर्न  र कानुन बमोजिम कारवाही गर्न तपाईहरुलाई माथिको आदेश पर्खनु पर्देन, पूर्वाग्रह नराखेर अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउनुस ।’ छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिशश्वर आचार्यसहित प्रदेशस्थित ४ वटै सुरक्षाका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार