मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

सुर्खेत । सुर्खेत बराहतालमा सेनाको स्वास्थ्य शिविरमा चार सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सुर्खेतको पश्चिम रानीघाटमा नेपाली सेनाको कालीबहादुर गणले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरबाट बराहताल गाउँपालिका वडा नं. १ र २ का नागरिकहरुले सेवा लिएका हुन् । 

शिविरमै ७२ जनाको भिडियो एक्स–रे समेत गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए । 

शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाही, बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा.सचित थापा र अभिनाष बस्नेतले सेवा दिएका थिए । यस्तै शिविरमा सुर्खेत आँखा अस्पतालका निर्देशक डा.मन्जु पन्त र नेत्र सहायक बविता पुनले आँखासम्बन्धी उपचार सेवा दिएका थिए ।

शिविरमा प्रसूति तथा स्त्री रोग, आँखासम्बन्धी समस्या, बालरोगसम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच, उपचार तथा औषधि उपचार गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले शिविरमा पुगेका अधिकांश महिलाहरुको पाठेघरमा मुखको संक्रमण बढी देखिएको बताए । महिनावारीमा अत्याधिक रगत बग्ने र पाठेघर खसेका महिलाहरुले सेवा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार