मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देही क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Ujyalosandeshonline 12431+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

भैरहवा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ स्थित भैरहवाको बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण र कम खर्चिलो बनाउन राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिँदै उल्लंघन भएमा कानूनी कारबाही हुने समेत बताउनुभयो ।

सोही अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार शुक्रबार नै जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिनेछ । रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने गरी कुल ६ लाख ७२ हजार ५ सय २३ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार