मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

‘मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढेको छ तर दबाबमुक्त भएको छैन्’

Ujyalosandeshonline 12448+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबावमा छ । यसलाई कसैले पनिअस्वीकारगर्न सक्दैनौं । तर अर्को कुरा के हो भने हामी दबावबाट बाहिर निस्कन खोजिरहेका छौं । समस्याबाट बाहिर निस्कन खोज्दैछौं । हाम्रो  प्रयासहरु त्यसतर्फ अभिमुख छन् र क्रमश सफलतातिर उन्मुख छौं । समस्या समाधानका कारण पनि क्रमश प्रभावकारी बन्दैछन् ।’

साथै उनले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गरे । उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको बताए । 

उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ । 

उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको छ । सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको छ । राजस्व छुटका विषयमा मन्त्रालय होसियार छ र राजस्व चुहावट रोक्नसमेत ध्यान केन्द्रित छ ।’

यसैगरी उनले अहिले बैंकहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए । उनले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको समेत स्पष्ट पारे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार