मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अनुशासन नै प्रहरी जीवनको मुख्य आधार हो : एसएसपी सन्तोष सिंह राठौर

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

बुटवल । बुटवल स्थित प्रहरी तालिम केन्द्रमा “प्रहरी जवान आधारभूत तालिम ८-११४ औं समूह” को आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । केन्द्रका समादेशक एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष सिंह राठौरले एक समारोहका बीच तालिमको समुद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसएसपी राठौरले प्रशिक्षार्थीहरूलाई प्रहरी जीवनमा अनुशासनको उच्च महत्व रहने बताउनुभयो । उहाँले तालिमलाई हैरानीको रूपमा नलिई केही सिक्ने सुनौलो अवसरका रूपमा ग्रहण गर्न आग्रह गर्नुभयो । साथै, तालिम केन्द्रको स्थायी आदेश र संगठनको नीति निर्देशन पूर्ण रूपमा पालना गरी सफलतासाथ तालिम सम्पन्न गर्न उहाँले शुभकामना दिनुभयो ।

कार्यक्रममा तालिमका सह-संयोजक प्रहरी निरीक्षक विजय थापाले तालिमसम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा यसअघि नै तालिमरत ८-११३ औं समूहका प्रशिक्षार्थीहरूले नवप्रवेशीहरूका लागि विभिन्न विधामा ‘कवाज प्रदर्शनी’ गरेका थिए । उद्घाटन समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू तथा प्रशिक्षक वर्गको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार