मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

बोधगयामा बौद्धमार्गीहरुको मागको विषयमा लुम्बिनीमा ऐक्यवद्धता

Ujyalosandeshonline 11009+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

भैरहवा । भारतको बोधगयामा बौद्ध अनुयायीहरु माथी भारत सरकारले दमन गरेको भन्दै भारतीय बौद्ध समाजको माग प्रति ऐक्यवद्धता जनाउदै लुम्बिनीमा प्रर्दशन गरिएको छ । बौद्ध सम्पदा संरक्षण समाजले बोधगयामा बौद्धमार्गीहरु प्रति भईरहेको दमन रोक्न र गैरबुद्ध समुदायलाई बोधगयाको व्यवस्थापनबाट हटाउन माग राखेको छ । 

शनिबार लुम्बिनीमा प्रर्दशन गर्दै समाजले बौद्ध सम्प्रदाय माथि भईरहेको दमन रोक्न ऐक्यवद्धता जनाएको हो । लुम्बिनीको महिलवारमा प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले भारतको बिटी एक्ट १९४९ खारेजीको माग गर्दै बौद्ध सम्पदाहरुलाई बौद्ध धर्मावलम्बीहरुलाई मात्र दिन माग अघि सारेका हुन् । 

बोधगयाको महाबोधी विहारको व्यवस्थापन गैर बौद्धिष्टहरुलाई दिएको भन्दै त्यहाका बौद्ध धर्मावलम्बीहरु अनशनमा रहेका छन् । फरवरीको १२ तारेख देखि अनशनमा रहेको उनिहरुलाई शुक्रबार बिहार सरकारले दमनपूर्ण तरिकाले हटाएको भन्दै त्यसको बिरोध स्वरुप यो प्रर्दशन गरिएको बौद्ध सम्पदा संरक्षण समाजका संयोजक हरिओम विश्वकर्माले बताए  । उनले बौद्ध धर्मावम्बीहरु माथी गरिएको दमन बन्द गर्ने आग्रह सहित बौद्ध धर्मावलम्बीहरुको समर्थनमा ऐक्यवद्धता जनाउन लुम्बिनीमा शान्तीपूर्ण प्रर्दशन गरेको बताए । “भारतमा मात्र हैन नेपालमा पनि बौद्ध सम्पदाहरुमा गैर बौद्ध धर्मावलम्बीहरुको हाली मुहाली हुदै आएको छ ।” विश्वकर्माले भने “यो प्रतिकात्मक प्रर्दशन मात्र हो, यसलाई नसच्चाए नेपालमा पनि भोली यसले उग्र रुप लिनेछ ।”

प्रर्दशनकारीहरुले लुम्बिनी विकास कोषको सञ्चालक समितिमा पनि गैर बौद्ध धर्मालम्बीहरुको हाली मुहाली भएको आरोप लगाए । यसले बौद्ध धर्म माथि अन्य धर्मको अतिक्रमण भएको उनिहरुको ठम्याई छ । बौद्ध समाज नेपालका केन्द्रिय अध्यक्ष शंकर गाहा मगरले गैर बौद्ध धर्मालम्बीहरुलाई बौद्ध धर्म प्रति अपनत्व नहुने बताए । उनले भारतमा भएको आन्दोलन लुम्बिनी विकास कोष संग पनि सम्बन्धित रहेको कारण नेपालबाट भारतीय आन्दोलन प्रति ऐक्यवद्धता जनाईएको बताए ।

उनले लुम्बिनी विकास कोषमा राजनैतिक नियुक्ती भन्दा पनि बौद्ध धर्मावलम्बीहरु संघ संस्थाबाट सञ्चालक समितिको चयन हुनुपर्ने माग अघि सारे । प्रर्दशनमा बौद्ध समाज नेपाल संगै बौद्ध सम्पदा संरक्षण समाजका सदस्यहरुको सहभागीता रहेको थियो । ऐक्यवद्धता कार्यक्रम बौद्ध समाज नेपालको महासचिव चन्दा थाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार