मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भिटामिन 'ए' खुवाउन कोही नछुटुन्': उपाध्यक्ष सुनिता चौधरी

Ujyalosandeshonline 11005+ समाचार ( )
२० कार्तिक २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा आजदेखि दुईदिने राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम सुरु भएको छ ।गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले अभियानको अनुगमन गर्दै सम्पूर्ण बालबालिकालाई भिटामिन 'ए' खुवाउन आग्रह गर्नुभएको छ ।

आज र भोलि (कार्तिक २० र २१ गते) ओमसतियाका ६ वटै वडाका स्वास्थ्य संस्थाहरूमार्फत ७५ जना स्वास्थ्य स्वयंसेविकाहरूले ३,४२५ जना बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल, जुकाको औषधि र बालबिटा खुवाउने कार्यक्रम रहेको जनस्वास्थ्य अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन उपाध्यक्ष चौधरीले वडा नम्बर १, २ र ३ मा पुगी अनुगमन गर्नुभएको थियो। उहाँले यस अभियानलाई सफल बनाउन दिनरात खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग भेट गरी उनीहरूका समस्या बुझ्नुका साथै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष चौधरीले भन्नुभयो, "भिटामिन 'ए' खुवाउन कोही पनि नछुटुन्, यसलाई थप प्रभावकारी बनाउन हामी आफैं खटेका छौं । म जनताको बीचमा रहेको छु । हाम्रो पूरै स्वास्थ्य शाखा टिम नै टोलटोलमा पुगी यसबारे जानकारी लिइरहेका छौं ।"

अनुगमनमा नर्सिङ अधिकृत सस्मिता खत्रीको पनि सहभागिता रहेको थियो । उपाध्यक्ष चौधरीले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन 'ए' र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउनका लागि सम्पूर्ण अभिभावकहरूलाई हार्दिक अनुरोध गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार