मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म : पुन

Ujyalosandeshonline 11474+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

काठमाडौं । अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले वर्तमान दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म अगाडि बढाउने बताएका छन् । 

रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बजेटमाथिको टिप्पणी सुन्दा सरकार कमजोर हुने र गठबन्धन टुट्ने कुरा आएको भन्दै यो गठबन्धन नटुट्ने बताए । 

उनले भने, ‘बजेटको बारेमा आएको टिप्पणी सुन्दा यो सरकार कमजोर हुन्छ कि, गठबन्धन टुट्छ कि भन्ने कुरा आउँछ तर त्यो होइन । यो गठबन्धन हामी आगामी निर्वाचनसम्म लाने परीक्षण गर्ने र मुख्य सर्त के हो भने देशलाई एउटा आशा जगाउने, जनतामा अलि निराशा छाएको जस्तो छ ।’ 

उनले विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुने भन्दै देशमा एउटा आशा जगाउनको लागि सोच मिल्ने नयाँ गठबन्धनका साथ सरकार अगाडि बढ्ने बताए । 

उनले भने, ‘अहिले जुन नेपालको राष्ट्रिय राजनीति छ, हामी राष्ट्रिय शक्तिहरु एकै ठाउँमा बसेर राष्ट्र निर्माणको कामलाई अगाडि लैजाउँ भनेर पछिल्लो समयमा एउटा नयाँ अभ्यास सुरु भएको छ । हामीले गठबन्धन गरेर निर्वाचन पनि लड्यौं, सरकार पनि बनायौं, तर त्यसैबाट मात्र के देशको निर्माण सम्भव छ । त्यसमा विचार पनि एउटै हुनुपर्छ, विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुन्छ । त्यसकारण अहिले सोच मिल्नेहरुसँग नयाँ गठबन्धन भएको छ र यो सरकार र गठबन्धन अगाडि बढाउने र यसले देशमा एउटा आशा जगाउने । अलि अलि समस्या भए पनि यो गठबन्ध अगाडि बढ्नु पर्छ र बढ्छ यो हाम्रो प्रतिबद्धता हो ।’ 

देशलाई आत्मनिर्भर बनाउनका लागि रुपान्तरणकारी क्षेत्र कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागेको पनि उनले दाबी गरे । 

उनले भने, ‘कृषि क्षेत्र रुपान्तरणकारी हुन्छ, आधारभूत रुपमा खानको लागि पहिला देश आत्मनिर्भर हुनुपर्यो, त्यसो हुँदा कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने, त्यसको लागि के गर्ने भन्दा हामी करार खेतीलगायत धेरै अवसरहरु छन् ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार