मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नवलपरासी मालपोतमा ‘सर्भर डाउन’ को बहानामा सास्ती: कर्मचारी र दलालको मिलेमतोको आशंका

Ujyalosandeshonline 12437+ समाचार ( )
२० मंगशिर २०८२, शनिबार

नवलपरासी । नवलपरासी स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा ‘सर्भर डाउन’ को बहाना बनाउँदै कर्मचारीले सेवा प्रवाहमा ढिलासुस्ती गर्दा सेवाग्राहीले ठूलो सास्ती खेप्नु परेको छ । फाँटका कर्मचारीले सर्भर नचलेको भन्दै काम पन्छाउने र आलटाल गर्ने गरे पनि दलालमार्फत फाइल पठाउँदा भने काम हुने गरेको सेवाग्राहीको गम्भीर गुनासो छ । "दलालले काम गराउँदा सर्भर चल्ने र सेवाग्राही आफैं जाँदा नचल्ने कस्तो प्रविधि हो?" भन्दै सेवाग्राहीले कर्मचारी र दलालबीच अनुचित लाभको लागि मिलेमतो हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

यस विषयमा कार्यालयका अधिकृत र फाँटका कर्मचारीको भनाइ समेत बाझिएको छ। अधिकृत बसन्त कार्कीले सर्भर चलिरहेको बताए पनि फाँटका कर्मचारीले भने विगत १५ दिनदेखि सर्भरमा समस्या रहेको र एउटा काम गर्न २० मिनेटभन्दा बढी समय लागिरहेको दाबी गरेका छन् ।

नेपाल लेखापढी कानुन व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले सरकारले राजस्व लिने तर सर्भरको क्षमता नबढाउने कन्जुस्याइँले गर्दा सेवाग्राही हप्तौंसम्म कार्यालय धाउन बाध्य भएको बताए । यता, कार्यालयका कम्प्युटर अपरेटरले भने अधिकृतको 'इनडोर' सफ्टवेयर सहजै चले पनि फाँटको 'एक्सटर्नल' सिस्टममा भार बढी हुँदा समस्या आएको र सेवाग्राहीको चाप अनुसार सर्भरको क्षमता बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार