मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

आज माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा

Ujyalosandeshonline 11086+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । 

कतिपय ठाउँमा यसलाई नहान अर्थात् मकर नुहाउने पर्वकारुपमा मनाइन्छ भने नुवाकोटको तारुकामा भने गोरु जुधाएर रमाइलो गर्ने अनौठो चलन छ । नुवाकोटमा यसवर्ष पनि गोरु जुधाइँको हुँदैछ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । 

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

त्यहीकारण आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत नदी तथा धार्मिक स्नानस्थलहरुमा मकर नुहाउने भक्तजनको भीड लाग्ने गर्दछ । देशभर मनाइने यो वर्षलाई लक्षित गर्दै सरकारले सार्वजनिक विदा दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार