मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

फेवातालको छेउमा प्रहरी विट स्थापना

Ujyalosandeshonline 11005+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो । नवनिर्मित प्रहरी विटको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे ।

सेदीको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणमा निर्माण गरिएको प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ । करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका छन् । त्यसबाहेक गैह्राको चौतारादेखि रातोमाटेसम्म १२ वटा गुणस्तरीय सिसी क्यामरा पनि जडान गरिएका छन् ।

प्रहरी विट रहेको स्थानमा प्रहरी विट व्यवसायी युवराज खतिवडाले बनाई दिएका हुन् भने त्यहाँ चाहिने आवश्यक सामाग्री पनि आफूले नै व्यवस्थापन गरेको उनले बताए । त्यसबाहेक सिसी क्यामरालगायतका खर्च भने हाललाई आफूले दिएपनि स्थानियले अर्थ संकलन गरेर फिर्ता गर्ने गरी गरिएको उनको भनाई छ ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी भोलाबहादुर रावलले शान्ति सुरक्षा कायम गर्ने पहल अन्तर्गत प्रहरी विट निर्माण भएको भन्दै यसमा आवश्यक जनशक्ति व्यवस्थापन चाँडै गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै