मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना : राजेन्द्र लिङ्देन

Ujyalosandeshonline 12433+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारमा रहेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न लागि परेको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानामगरलाई आचरण विरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताएका हुन् ।

उनले भने, ‘उपसभामुखलाई आचरण विरुद्धको अभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु । कांग्रेस र एमाले त्यही मामिलामा लागेका छन् । संवैधानिक परिषद्मा आफ्नो भाग पुर्याउन उनीहरूले यो काम गर्न लागेका हुन् । हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दल आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आए । अब हाम्रो जिम्मेवारी बढेको छ, यतिबेला कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु भनेको अब बर्षाैंसम्म राज्य स्रोतको दोहन गर्ने वातावरण बनाउनु हो ।’

उनले एनसेल राजनीतिक दलका नेताहरुको ‘दुहुनो गाई’ भएको आरोप लगाए । सरकारलाई स्वामित्व हस्तान्तरण गरेर जानुपर्ने एनसेललाई किस्ताबन्दीमा कर तिर्न पाउने सुविधा यो सरकारले दिएको उनको भनाइ थियो ।

उनले भने, ‘हामीलाई एक दिन कर नतिर्दा फाईन लाग्छ, एनसेललाई त्यो सुविधा कसको इसारामा दिएको हो ?’उनले एमालेले कानुन नै संशोधन गरेर गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न पाउने सुविधा दिएको बताए । रकमको चलखेल नभइ यो काम भयो होला त ?’ उनको प्रश्न थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार