मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


रुपन्देहीमा ५८ हजार बढी बालिकालाई एचपीभी खोप

Ujyalosandeshonline 11005+ समाचार ( )
९ माघ २०८१, बुधवार

भैरहवा । एचपिभी (पाठेघरको मुखको क्यान्सर विरुद्ध लड्ने) खोप अभियान २०८१ अन्र्तगत रुपन्देहीमा ५८ हजार ८ सय ९८ जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको छ । 

विश्व क्यान्सर दिवसको अवसर पारी माघ २२ गते देखि नेपाल भरि नै सरकारले एचपिभी खोप अभियान २०८१ सुरु गर्दैछ । सोही अभियान अन्र्तगत रुपन्देहीका १६ वटै पालिका १० देखि १४ वर्ष उमेरका बालिकाहरुलाई उक्त खोप पनि लगाईदै छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार रुपन्देही जिल्लामा २ चरणमा खोप लगाईदै छ । पहिलो चरणमा माघ २२ गते देखि २९ गते सम्म बुटवल उपमहानगर पालिकाको १ सय वटा खोप केन्द्रबाट १० हजार ४ सय ३९ जना र सिद्धार्थनगर नगर पालिकाको ४५ वटा खोप केन्द्रबाट ४ हजार ७८ जना बालिकाहरुलाई खोप लगाईने छ । यस्तै मात्र २२ गते देखि २७ गते सम्म सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकामा खोप लगाईनेछ । 

अभियानको दोश्रो चरणमा फागुन १ गते देखि ६ गते सम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा खोप लगाईदै छ । खोप लगायन जिल्लामा ३१५ वटा सामुदायिक र ३२९ वटा संस्थागत विद्यालयमा खोप केन्द्रको स्थापना गरिएको ज्ञवालीले जानकारी दिए । विद्यालयमा रहेको खोप केन्द्रले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत् सबै छात्राहरुलाई खोप दिईने उनले बताए । विद्यालय नजाने १० देखि १४ वर्षको बालिकाको हकमा भने अन्य खोप केन्द्रहरुबाट खोप लगाईने योजना रहेको छ ।

विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ र २०३० सम्म यो संख्या बढेर ७ लाख पुग्ने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । यसले हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरुको मृत्यु हुने र सन २०३० सम्म यो संख्या ४ लाखको हाराहारीमा पुग्ने छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको विश्व स्वास्थ्य संगठनका डा. सागर तिवारीले बताए ।

नेपालमा भने हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको क्यान्सर हुन्छ भन्ने अनुमान रहेको तिवारीले बताए । हरेक वर्ष १ हजार १ सय १३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरकै कारण मृत्यु हुने गरेको र औसतमा प्रत्येक दिन ४ महिलाहरुको यसै रोगको कारण हुन्छ भन्ने अनुमान रहेको छ । 

पाठेघरको मुखको कोषिकाहरु अनियन्त्रित, असामान्य, र अनावश्यक रुपले वृद्धि हुनन नै पाठेघरको क्यान्सर हो । विशेषतः यसको मुख्य कारण ह््युमन प्यापिलोमा भाईरसको संक्रमण हुनु हो । जसलाई एचपीभी भाईरस भनिन्छ । एचपीभी भाईरस संक्रमित व्यक्तिसंग यौन सम्पर्कबाट यो रोग अर्को व्यक्तिमा सर्छ । एचपिभी भाइरसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्ने तिवारी बताउछन् । 

नेपालमा महिलाहरुमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको छ । यसको मूख्य रोकथाम भनेको नै यसको पहिचान गर्नु हो । नेपालमा आउदो पिढीमा यो रोग हुन नदिन नै अहिले खोप अभियान सञ्चालन गर्न लागेको तियारीले जनाए ।

खोप लगाएपछि सूई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने असरहरु हुन सक्छन्

। यस्तै गरि ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने अवश्था आउन सक्छ तर यस प्रकारका प्रतिकूल असरहरू थोरै समयसम्म मात्र रहन्छन् र प्रायःगरेर आफै ठीक हुने तिवारी बताउछन् । यसले कुनै प्रकारको हानी गर्दैन ।

खोप अभियान सफल बनाउन स्थानिय तह देखि महिला स्वास्थ्य स्वयम सेविका समेत परिचालन गरि सचेतना फैलाउने कार्यक्रम रहेको छ । महिलाहरुमा पाठेघरकै मुखको क्यान्सको कारण मृत्यु रोक्न सबैलाई यो अभियानमा सहयोग गर्न स्वास्थ्य कार्यालय रुपन्देहीले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार