मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

स्युचाटार क्रिकेट लिग : किंग्स र ग्रेट हिमालय क्रिकेट एकेडेमीको लगातार जित

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं । तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि–टेन प्रतियोगिता को दोश्रो दिनको खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न सातवटा खेलहरुमा नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् । 

आजको पहिलो खेलमा समुह ’ए’ अन्तर्गत नवज्योति युथ परिवारले दोश्रो जित दर्ता गर्ने क्रममा हसनटार युथ क्लबलाई २६ रनले पराजित गर्यो। ९१ रनको लक्ष्य पछ्याएको हसनटारलेले १० ओभरमा ६४ रनमा सबै विकेट गुमाउन पुग्यो विज्ञान गौतमले चार विकेट लिए । 

आजको दोस्रो खेलमा समुह ’डी’ अन्तर्गत ग्रेट हिमालयन क्रिकेट एकेडेमीले थानकोट वारियर्सलाई २० रनले पराजित गर्यो। ५९ रनको लक्ष्य पछाएको थानकोटले ३८ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका क्रिस कार्कीले दुई विकेट लिनुको साथै १५ रन पनि बनाए ।

आजको तेस्रो खेलमा समुह ’डी’ अन्तर्गत सानो स्वर्ग नेपालले पञ्चायन युथ क्लबलाई दुई विकेटले पराजित गर्यो। ७३ रनको लक्ष्य पछाएको पञ्चायनले अन्तिम बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित धीरजले तीन विकेट लिनुको साथै २५ रन पनि बनाए ।

आजको चौंथो खेलमा समुह ’सी’ अन्तर्गत बिडिएसले कालिका वारियर्सलाई ३९ रनले पराजित गर्यो। ७८ रनको लक्ष्य पछ्याउने क्रममा कालिकाले ३८ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित रवि शाहले ३१ रन बनाए। 

आजको पाँचौँ खेलमा समुह ’डी’ अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सानो स्वर्ग नेपाललाई ७२ रनले पराजित गर्यो। ९२ रनको लक्ष्य पछाएको सानो स्वर्गले १९ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित सक्षम बस्ताकोटीले ३७ रन बनाए ।

आजको छैटौं खेलमा समुह ’ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टरले ( सीइसी) ले नवज्योति युवा क्लबलाई सात विकेटले पराजित गर्यो। ४१ रनको लक्ष्य पाएको क्रिकेट एक्सिलेन्स सेन्टरले ४.२ ओभरमा विकेट नगुमाई लक्ष्य पुरा गर्यो। प्लेयर अफ द म्याच घोषित अभिनाश बस्यालले ३ विकेट लिए ।

आजको सातौं खेलमा समुह ’बि’ अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा टिम रेन्सुलाई १० रनले पराजित गर्यो। ६२ रनको लक्ष्य पछाएको रेन्सुले ५१ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित प्रसिद्ध श्रेष्ठले १३ रन बनाउनुको साथै एक विकेट पनि लिए। जित पछि किंग्सले समुह ’बि’ क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । 

प्रतियोगिता अन्तर्गत आइतबार तेश्रो दिन लिग चरणका ७ वटा खेल हुनेछन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार