मुख्य समाचार
अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन | बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै | पोल पुग्यो , वितरण गरिएन विद्युत | बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु | तराई क्षेत्रमा तातो लहरको सम्भावना | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द | इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न |

प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन

Ujyalosandeshonline 11031+ समाचार ( )
१६ असार २०८२, सोमबार

राहुल राय 

सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन् । सिरहा नगरपालिका–६, बसबिट्टाका झल्कु महराका छोरा राजन महराको सोमबार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । असहज महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

वडा नं. ६ का अध्यक्ष इन्द्रजित यादवका अनुसार, प्रादेशिक अस्पतालमा पटक–पटक उपचार गराउन आउने बिरामीहरूप्रति हेलचक्राइ हुने गरेको छ । ‘हामीले धेरैपटक सेवा सुधारको माग गर्यौं, तर बेवास्ता भयो,’अध्यक्ष यादवले भने, ‘अस्पताल प्रशासनको लापरबाहीकै कारण नाबालकको ज्यान गएको हो ।’

राजनको निधनपछि आक्रोशित परिवारजन र स्थानीयबासीले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यता, प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी रामनारायण चौधरीले राजनलाई गम्भीर किसिमको रक्तअल्पता (सिभियर एनिमिया) भएको बताए । उनका अनुसार, बालकको हेमोग्लोबिन मात्रा २.५ ग्रामरडिएल मात्र थियो, जुन अत्यन्तै खतरनाक अवस्थामा पर्छ । 

‘बी–पोजेटिभ रगतको आवश्यकता थियो, रगत उपलब्ध भए पनि ब्लड ट्रान्सफरको तयारी भइरहेकै बेला उनको निधन भएको चौधरीले बताए । अस्पतालका आकस्मिक सेवा इन्चार्ज डा. नितेश कर्णले पनि बिरामीलाई आवश्यक परीक्षण र उपचार तत्काल सुरू गरिएको तर अवस्था अत्यन्तै नाजुक भएकाले बचाउन नसकिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार