मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग

Ujyalosandeshonline 11474+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

जनकपुर । जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुर धाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो । 

आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको छ । उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।

तीनकुने घटनामा सरकारले स्वयम दमन गरेर अश्रु ग्यास प्रहार गर्न लगाएको आरोप समाजका अध्यक्ष प्रकाशजंग राणाले लगाएका छन् । उनले राष्ट्रवादी नेताहरुलाई झुठा आरोप लगाउँदै मुद्दा चलाएर सरकारले जेल हालेको गलत रहेको बताएका छन् ।

पञ्चायतकालमा पनि यती धेरै अत्याचार नहुने गरेको भन्दै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।जनकपुरधामको जनक चोकबाट राष्ट्रिय झण्डासहित निकालिएको जुलुसमा पाँचसय बढीको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार