मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

मुगुमा सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखीकरण

Ujyalosandeshonline 11002+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

मुगु । मुगुमा वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयको आयोजनामा गमगढीमा सरोकार वालाहरुलाई सहभागी गराई सुरक्षित आप्रवास (सामी) कार्यक्रम सम्बन्धी छलफल तथा अभिमुखी कार्यक्रम गरिएको हो । 

कर्णालीबाट बैदेशीक रोजगारमा जानेहरुको साथै मुगुको ताजा अवस्थाबारे अभिमुखीकरण गरिएको हो । जिल्लामा रहेको एक नगरपालिका, तीन गाँउपालिकामा रोजगारीको अवस्था र विदेशिएकाहरुको सुरक्षाबारे छलफल गरिएको थियो । कार्यक्रममा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तथा अभिमुखिकरण गरिएको हो । 

बैदेशीक रोजगार सम्बन्धी जनचेतना, परामर्श, मनोसामाजिक कक्षा जनचेतनामुलक कार्य ग्रामीण बस्ती बस्तीहरुसम्म पुर्याउनुपर्ने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको सोरु गाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउदै प्राप्त विप्रेषणको सहि सदुपयोग गरि देशभित्रै रोजगारीको अवसरहरु सिर्जना गर्ने, आय आर्जनमा वृद्धि गरि भविष्यमा सहज जिविकोपार्जन गर्ने गराउने उद्देश्य राखिएको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिस्नु कुमार भामले बताए ।

आ.व ०८०।०८१को नेपालबाट श्रम स्वीकृति प्रदान गरिएको मुलुकभरको संख्या ७ लाख ४१ हजार २ सय ९७ रहेको छ । जसमध्ये कर्णाली प्रदेशबाट मात्र २४ हजार १ सय ७५ जना रहेको छ । कर्णाली प्रदेश बाट श्रम स्वीकृति लिएको मुगु जिल्लाको रेकर्ड अनुसार पुरुष ४ सय ९९९ जना महिला ३८ जना गरी जम्मपाँच सय ३७ जना रहेको अभिलेखमा रहेको छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार