मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

फागुन २१ को निर्वाचनका लागि एआईजी डा. केसीद्वारा गण्डकी प्रदेशको सुरक्षा अनुगमन

Ujyalosandeshonline 11011+ समाचार ( )
२२ माघ २०८२, बुधवार

पोखरा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले गण्डकी प्रदेशको सुरक्षा व्यवस्थापनको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । एआईजी केसीले बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालय पुगेर निर्वाचन विशेष सुरक्षा योजना, प्रहरी जनशक्ति परिचालन तथा समग्र सुरक्षा तयारीको अवस्थाबारे जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा उहाँले पोखरा उपत्यकामा कार्यरत सिनियर प्रहरी अधिकृतहरूलाई निर्वाचनमा प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका, निष्पक्षता, सक्रियता र सांगठनिक जिम्मेवारीबारे आवश्यक निर्देशन समेत दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र कुमार उपाध्यायले निर्वाचन सुरक्षा योजना र विद्यमान चुनौती वा समस्याका विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्री तथा नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार खनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार