मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भैरहवा-लुम्बिनी कोरिडोरका उद्योगहरू स्थानान्तरण गर्ने सर्वोच्चको आदेशले उद्योगीहरूमा चिन्ता, सिद्धार्थ उद्योग वाणिज्य संघको ध्यानाकर्षण

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

भैरहवा । सर्वोच्च अदालतले भैरहवा-लुम्बिनी कोरिडोरमा रहेका उद्योगहरूलाई स्थानान्तरण वा बन्द गर्न दिएको आदेशप्रति सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले लुम्बिनीको संरक्षण र पर्यावरणीय सन्तुलन कायम राख्नु सबैको साझा दायित्व भए पनि यस आदेशले यस क्षेत्रका उद्योगी व्यवसायीहरूमा अनिश्चितता र असुरक्षाको वातावरण सिर्जना गरेको बताएको छ ।

सोमबार संघका अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा अरबौं रुपैयाँको लगानीमा सञ्चालित उद्योगहरूलाई स्थानान्तरण वा बन्द गर्नुपर्ने अवस्थाले हालको सुस्त आर्थिक परिस्थितिमा उद्योगहरूको अस्तित्व नै संकटमा पार्ने सम्भावना रहेको उल्लेख छ। संघले उद्योगहरूको संवैधानिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व रहेको र उचित क्षतिपूर्ति तथा आवश्यक सहुलियतको व्यवस्था नगरिएमा उद्योगीहरूको मनोबलमा गिरावट आउने, बैंकिङ क्षेत्रमा असर पर्ने तथा हजारौं श्रमिकहरूको रोजगारी संकटमा पर्ने खतरा औंल्याएको छ।

विज्ञप्तिमा उद्योग स्थानान्तरणपछि जमिनलाई पर्यटनमैत्री व्यवसायमा प्रयोग गर्न प्रोत्साहन गर्ने आदेशलाई व्यवहारमा परिणत गर्न आवश्यक पूर्वाधार, लगानीको वातावरण र नीतिगत स्पष्टताको अभावमा कार्यान्वयन चुनौतीपूर्ण रहेको पनि बताइएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघले लुम्बिनी क्षेत्रको पुरातात्विक सम्पदाको संरक्षणप्रति आफूहरू प्रतिबद्ध रहेको जनाउँदै उद्योगहरूको अस्तित्व जोगाउन आवश्यक सहुलियत, क्षतिपूर्ति र नीतिगत स्पष्टता प्रदान गर्न राज्यको ध्यानाकर्षण गराएको छ। संघले उद्योगीहरूको हक, हित र रोजगारी सुरक्षित गर्न जोडदार माग गरेको छ । गत बुधबार सर्वोच्च अदालतले लुम्बिनीको संरक्षणका लागि लुम्बिनी आसपासको १५ किलोमिटरभित्र पर्ने उद्योगहरूलाई दुई वर्षभित्र सार्न वा बन्द गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार