मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

रुपन्देहीमा चोरी तथा लुटपाट गरिएका सामान खरिद नगर्न प्रहरीको आग्रह, कारवाही गर्ने चेतावनी

Ujyalosandeshonline 11474+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा चोरी तथा लुटपाट भएका सरकारी तथा निजी सामानहरू खरिद नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरीले त्यस्ता सामानहरूको खरिद वा सञ्चय गरेको पाइएमा प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, पसल लगायतका संरचनाहरूमा आगजनी र तोडफोड गर्नुअघि त्यहाँ रहेका महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरिएको जानकारी दिएको छ। लुटिएका सामानहरू बजारमा किनबेच नगर्न सबैलाई आग्रह गरेको छ।

प्रहरीले सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन र त्यस्ता सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन पनि अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिमा संलग्न समूहको सिसिटीभी फुटेज, तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू तपाईहरूसँग छ भने कृपया हामीलाई dporupandehi@nepalpolice.gov.np मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं। तपाईहरूको गोपनीयता कायम रहनेछ।” यो आग्रहले प्रदर्शनका क्रममा भएको क्षति र लुटपाटलाई नियन्त्रण गर्न तथा दोषीहरूलाई कानुनको दायरामा ल्याउन प्रहरीको सक्रियता देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार