मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषण बढ्यो

Ujyalosandeshonline 11011+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौं । मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय मनोरञ्जनका क्षेत्रमा बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको पनि उनीहरुको भनाइ छ ।

मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने काम भइरहेको शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले बताइन ।  मानव बेचबिखनको सबैभन्दा बढि जोखिम भएको जिल्लामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताइन् ।  

‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संस्थाले काठमाडौं महानगर, भैरहवा र पोखरा महानगरसँग मिलेर तीनवटै जिल्लामा प्रत्येक तीन÷तीन महिनामा अनुगमन र मूल्यांकनको कार्य संयुक्त रुपमा गरिरहेका जानकारी दिइन् । 

उनले भनिन्, ‘जुन जिल्लाहरुमा मानव बेचबिखनको धेरै जोखिम हुन्छ । त्यस्तो जिल्लाहरुमा गएर जनचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छौं । अनुगमन र मूल्यांकन पनि गर्ने गरेका छौं । प्रत्येक तीन तीन महिनामा अनुगमनको कार्य गरिरहेका छांै । मनोरञ्जन क्षेत्रहरुमा गएर प्रत्यक्ष रुपमा अनुगमन गर्ने समस्याहरु के के छन् भनेर बुझ्न र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर छलफल पनि गर्ने गरेका छौ ।’ 

उनले शुभ अवसर ग्राम नेपाल महिला तथा बालबालिको अधिकार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको जानकारी दिइन । 

यस्तै, कार्यक्रममा सहभागी विकास ढुङ्गानाले मनोरञ्जनको आडमा शारीरिक, मानसिक र यौन शोषण पनि हुने गरेको भन्दै यसबारेमा बृहत छलफल आवश्यक रहेको बताए । 

उनले भने, ‘मनोरञ्जनको क्षेत्रमा पछिल्लो समय साना बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको छ । नाबालिकहरुको संख्या बढ्दै गएको परिवेश देखिरहेका छौं । काम गरेपनि उचित मूल्यांकन नहुनु जस्ता समस्याहरु पनि भोग्नु परेको छ । यसको साथै शारीरिक, मानसिक र यौन शोषण पनि हुने गरेको देखिन्छ । यो अवस्थामा सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।  मनोरञ्जन क्षेत्रसँग जोडिएर आन्तरिक बेचबिखनको कुरा पनि बढ्दो क्रममा छ ।’

यस्तै, वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखन र मनोरञ्जन क्षेत्रको अन्तर सम्बन्धले यो समस्यालाई बढावा दिएको भन्दै समस्यालाई छलफल गरेर साझा बुझाई बनाउनुपर्ने बताए । 

सुरक्षित रुपमा श्रम गर्ने अधिकार संविधानले दिएको भन्दै कार्यक्रममा सहभागी सरोकारवालाहरुले महिला, बालबालिका र शोषण विरुद्धको अधिकारलाई मौलिक अधिकारकै रुपमा व्यवस्थित गर्दै सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गरेको जानकारी गराए । डान्सबार, मसाज पार्लरहरुले धेरैलाई रोजगारी दिएपनि उनीहरुको व्यवस्थापन चुनौतिपूर्ण रहेको औंल्याए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार