मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रामबहादुर कोइरीको दुखेसो : "तोडफोडले देशभित्रै केही गर्छु भन्नेलाई निराश बनायो"

Ujyalosandeshonline 12431+ समाचार ( )
१ अशोज २०८२, बुधवार

भैरहवा । सुशासन र परिवर्तनको माग गर्दै जेन जी समूहले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा भदौ २५ गते सिद्धार्थनगर , रुपन्देहीस्थित मौर्य होटल प्रा.लि. मा तोडफोड र लुटपाट भएको छ । होटलका अध्यक्ष राम बहादुर कोइरीले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, सुशासन र समृद्धिको पक्षमा उभिएका छन् ।

करिब एक दशकदेखि पर्यटन व्यवसायमा संलग्न कोइरीले पछिल्ला केही वर्षयता राजनीतिक गतिविधिमा निष्क्रिय रहे पनि सुशासन, समृद्धि, विकास र राष्ट्रिय एकताप्रति सधैं प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान युवा पुस्तामा देखिएको राजनीतिक दलप्रतिको असन्तुष्टिमा आफू पनि सहमत रहेको बताउँदै हत्या, हिंसा र लुटपाटको घोर विरोधी रहेको र शान्ति, सुशासन र समृद्धिको पक्षधर रहेको उल्लेख गरेका छन् ।

मौर्य होटलमा भएको लुटपाट र तोडफोडले आफूलाई अत्यन्तै दुःखी तुल्याएको बताउँदै कोइरीले यस्ता क्रियाकलापले देशभित्रै केही गर्छु भन्ने भावना राख्नेहरूलाई निराश बनाउने ठहर गरेका छन् । यद्यपि, यो पीडालाई भुलेर पर्यटन व्यवसायको प्रबर्द्धनमा अझै बढी सक्रिय रहने प्रण उनले गरेका छन् ।

कोइरीले आन्दोलनका क्रममा भदौ २४ र २५ गते दिवंगत भएका युवाहरू, सुरक्षाकर्मी तथा सर्वसाधारण सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले उद्योग, व्यवसाय र निजी भवनहरूमा गरिएको तोडफोड, आगजनी र लुटपाटका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गरेका छन् । यस घटनाले व्यवसायीहरूमा त्रास उत्पन्न भएको छ, र सरकारले यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग सर्वत्र उठिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार