मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बैशाख पहिलो साताबाट लुम्बिनीमा ई-ड्राईभ

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

भैरहवा । भैरहवाका युवा राजकुमार गुप्ता सहितको टोलीले लुम्बिनी प्रदेश लाइ लक्षित गरि राइड शेयरिङ एप 'ई-ड्राइभ नेपाल' सञ्चालनमा ल्याएको छ । ई-ड्राइभ लुम्बिनी र ई-ड्राइभ नेपालको सहकार्यमा बैशाख पहिलाे साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ संचालनमा आउने भएको हो ।

बिहिबार तिलोत्तामामा पत्रकार सम्मेलनको आयोजना गरि एपबारे जानकारी दिइएको छ ।  ई-ड्राइभ लुम्बिनी नेपालले सर्वसाधारणलाई ओहोर दोहोर सहज तुल्याउन अनलाइन माध्यमबाट टयाक्सी र माेटरसाइकलबाट राइडिङ सुविधा प्रदान गर्ने भएकाे छ ।

ई-ड्राईभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्य गरी बिजुली गाडीलाई प्राथमिकता राखेर बैशाखको पहिलो साताबाट सेवा सुरु गर्न लागिएको बताए । आफ्नाे कम्पनीले नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनले बताए। स्थानीय युवालाई आफ्नै ठाउमा रोजगारको अवसर दिने गरि सेवा सुरु गरिएको उनले बताए। मेक ईन नेपालको मुलभुत मुद्दालाई जोड दिएर ड्राईभर र पेसेन्जरलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याइएको उनले बताए।

कार्यक्रममा ई-ड्राईभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले ईलेक्ट्रिक साधनमा जोड दिने गरि सेवा चलाएको बताए। नेपालमा दर्ता भएर आफुहरु चलेको हुदा पनि प्रक्रिया पुरा गरेर संचालन भएको हुदा वैधानिक रुपमा रहेको बताए। अनलाईभ ड्राईभ सुरक्षित हुने उनले तर्क दिदै यो सेवामा जोड दिन आग्रह गरे।

हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने बताए। पहिचान मिल्ने गरि सवारीमा स्टिकर, ज्याकेट समेत उपलब्ध गराइएको उनले बताए। अनलाईन सवारीमा दुर्घटनामा घाईते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैया बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको ब्यवस्था रहने उनले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार