मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विनोद चौधरीको भनाइ : "इतिहास र जनताले मेरो भूमिकाको लेखाजोखा गर्नेछन्"

Ujyalosandeshonline 11005+ समाचार ( )
११ कार्तिक २०८२, मङ्गलबार

भैरहवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद् तथा उद्योगपति विनोद चौधरीले आफूले निभाएको भूमिकाको इतिहास र जनताले लेखाजोखा गर्ने बताउनुभएको छ। उहाँले कसैप्रति आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पार्नुभयो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीस्थित आफ्नो निजी निवास निरीक्षणपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै चौधरीले आफूले सधैँ आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने कुराको वकालत गर्दै आएको बताउनुभयो।

"एउटा नयाँ जमात अब आउने निर्वाचनमा अगाडि उभिनेवाला छ," उहाँले भन्नुभयो, "युवाको मनमा पटक्कै भोलि यो नेपाल बन्छ भन्ने कुराको आश छैन। हतोत्साहित मनस्थिति छ। त्यसतर्फ हामी सबै जिम्मेवार मान्छेहरूले ध्यान दिनुपर्छ भन्ने कुराको वकालत मैले सधैँ गरेकै हुँ।" के कति हुन सक्यो, हुन सकेन भन्ने कुराको लेखाजोखा इतिहास र जनताले गर्ने उहाँको भनाइ छ।

चौधरीले जीवनभर परिवर्तन र सम्पन्न नेपालको अभिलाषा लिएर व्यावसायिक मञ्चहरूबाट र पछि नीतिनिर्माण र कार्यान्वयनको तहमा नबसीकन केही नहुने रहेछ भन्ने मान्यताका साथ राजनीतिमा प्रवेश गरेको बताउनुभयो। "४५ दिनको अन्तरालमा म यो क्षेत्रमा आएर निर्वाचन लडेँ, एकसेएक महारथीहरूसँग, मलाई लाग्छ, त्यो बेला पनि यो मान्छे उभिँदा यसले विकासको बाटोमा केही गर्छ भन्ने भावनाले नै मलाई जिताउने काम भयो," उहाँले स्मरण गर्नुभयो।

चौधरीले जेनजी (युवा पुस्ता) को चाहना र संघर्षको बाटोमा आफू पनि ३० औँ वर्षदेखि हिँडेको बताउनुभयो। "राजनीति मलाई न नामको लागि चाहियो, न दामको लागि चाहियो, मैले जे जति गरेँ, एउटा सम्पन्न नेपाल नेपालीले हेर्न पाउनुपर्छ, नेपालीको न्यूनतम अधिकार हो। एउटा युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिँड्न पाउनुपर्छ र त्यो गर्ने जिम्मेवारी हो," उहाँले भन्नुभयो। आफूलाई माया गर्ने थुप्रै जेनजीहरू विश्वभरि रहेको उहाँको भनाइ छ।

चौधरीले जेनजीको भावनालाई कदर गर्नुपर्ने र त्यो बिथोल्न खोज्नेहरूलाई साइड लगाउनुपर्ने बताउनुभयो। "एउटा नयाँ परिवर्तन नेपालमा आयो भने म भन्दा ठूलो सन्तुष्ट व्यक्ति कोही पनि हुनेछैन, म मेरो जलेको घर अगाडि उभिएर भनिरहेको छु," उहाँले भावुक हुँदै भन्नुभयो।

दैनिक २ हजार ५ सयभन्दा बढी नेपाली नेपाल बाहिर जाने स्थिति भएको र एक करोड नेपाली नेपालमै बस्ने स्थिति नरहनु आफूहरू जस्तो उद्यमीले १५–२० हजारलाई मात्र रोजगारी दिएर समस्या समाधान नहुने मानसिकता जन्मेको उहाँले बताउनुभयो। उहाँले आफ्नो प्राणको आहुती दिने जेनजीहरूको आत्माको चिरशान्तिको कामना गर्नुभयो। चौधरी २०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार