मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ’क्लिन स्वीप’

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रिय टेस्ट शृङ्खलामा अस्ट्रेलियाले ’क्लिन स्वीप’ गरेको छ ।

सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो ।

पहिलो र दोस्रो टेस्ट जितेको अस्ट्रेलियाले तेस्रो टेस्टमा पनि जित हात पार्दा टेस्ट च्याम्पियनिसपको साइकलमा ठूलो फाइदा भएको छ । पहिलो पारिमा पाकिस्तानले ३१३ रन बनाएको थियो ।

अस्ट्रेलियाले पहिलो पारिमा २९९ रन बनाएपछि १४ रनको अग्रता लिएको पाकिस्तानको दोस्रो पारि उत्कृष्ट रहेन । जम्मा ११५ रनमा समेटिन पुग्यो ।

१२९ रनको अग्रताका साथ दोस्रो पारि सकाएको पाकिस्तानबाट अस्ट्रेलियाले १३० रनको लक्ष्य पायो । उक्त लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

यसैगरी सन्यास घोषणा गरेर अन्तिम टेस्ट क्रिकेट खेलेका डेभिड वार्नर ५७ रन बनाएर आउट भए ।

अस्ट्रेलियाका लागि मार्नस लावुसेनले नटआउट पारि खेल्दै सहज जित दिलाए । दुवैले नटआउट अर्धशतक प्रहार गरे ।

लाभुसेनले नटआउट ६२ रन बनाए । स्टेभन स्मिथ ४ रनमा नटआउट रहे । ओपनर उस्मान ख्वाजा भने खाता नै नखोली आउट भएको थिए । पाकिस्तानका साजिद खानले २ विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार