मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

हिजो समातिएका शुद्धोधन गाउँपालिका अध्यक्ष आज छुटे

सलमान खान 2+ समाचार ( )
८ जेठ २०८२, बुधवार

भैरहवा । रुपन्देही प्रहरीले मंगलबार पक्राउ गरेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका छन् । विधुतिय अपराध सम्बन्धि कसुरमा पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि उनी रिहा भएका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ। मुद्दाको मिसिल अध्ययन गर्दा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान अधिकृतलाई रिहा गर्न निर्देशन दिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।

‘थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान जारी राख्ने गरी हाजिरी जमानीमा रिहा गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको छ’,उनले भने,‘अनुसन्धान अधिकृतले बोलाएको बखत जमानी लिएर जाने व्यक्तिले मुद्दाका प्रतिवादीलाई उपस्थित गराउनुपर्छ।’

पालिका अध्यक्षलाई रिहा गर्नका लागि केन्द्र स्तरबाट स्थानीय स्तरमा दवाव बढेको थियो । अध्यक्ष चौधरीमाथी जबरजस्ती करणी मुद्दाको पीडितको गोपिनियता भंग गरेको आरोप छ। प्रहरीका अनुसार उनीविरुद्ध जेठ १ गते जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि मंगलबार (जेठ ६ गते) उनी आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए। जसपश्चात मुद्दाको मिसिल तयार गरेर सरकारी वकिल कार्यालय लगिएपछि त्यहाँ पनि तत्काल बयान गराएर अध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार