मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

रासस 460+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा आज यहाँ सम्पन्न अभ्यासमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नमना मतदान गराइएको हो ।

निर्वाचनका दिन अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाउने लक्ष्यका साथ अभ्यास सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो । “नमुना मतदानलाई वास्तविक निर्वाचनको स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन वटा लाइनको व्यवस्था गरिएको थियो”, उहाँले भन्नुभयो, “अभ्यासमा मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।” 

अभ्यासका क्रममा मतदानका बेला हुनसक्ने सम्भावित विवाद व्यवस्थापन, मतपत्र च्यातिने वा बिग्रिने अवस्थाको समाधान, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा समाधान, लाइन व्यवस्थापन, घुइँचो नियन्त्रण, सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । निर्वाचन प्रक्रियालाई त्रुटिरहित, सुरक्षित र मतदातामैत्री बनाउँदै फागुन २ज्ञ गतेका दिन कुनै अन्योल नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास प्रभावकारी हुने विश्वास लिइएको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार