मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

ड्रिम युनिक रूपन्देही सुपरलिग: वेष्टर्न चार विकेटले विजयी

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

भैरहवा । वेष्टर्न क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएकाे डिभिजन ‘ए’ अन्तर्गतकाे खेलमा जित हात पारेकाे छ । वेष्टर्नले जेआर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै जित निकाल्न सफल भएकाे हाे ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे  जेआर निर्धारित ५० ओभरकाे खेलमा २९ ओभर २ बलमा १ सय १५ रनकाे न्यून स्काेरमै अलआउट भयाे । उसका लागि विशाल भुसालले २८ र खडक बाेहराले २३, डालबहादुर क्षेत्रीले २० र अनमाेल थापाले १९ रन बनाए पनि अन्य ब्याटर वेष्टर्नका बदरसामु निरीह बने । वेष्टर्नका अभिषेक गाैतमले ५, बिष्णु पाण्डेले ३ तथा मिर्नाल गुरुङ र सुप्रिम कँडेलले समान १-१ विकेट लिए ।

जवाफमा झिनाे याेगफल पछ्याएकाे वेष्टर्न २४ ओभर ५ बलमा ६ विकेट गुमाउँदै १ सय १८ रन बनाई सहजै जित हात पार्याे । उसकाे जितमा दीपेश राेकायलृ सर्वाधिक ४४ रन बनाउँदा सन्देश थापाले अविजित ३० रनकाे याेगदान दिए । बलिङमा जेआरका संदीप सुनारले ३, नरेन साउदले २ तथा प्रकाश जैशीले १ विकेट लिए  । वेष्टर्नका अभिषेक गाैतम म्यान अफ द म्यााच भई एक हजार दुई सय रुपैयाँबाट पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार