मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा पक्की संरचना

Ujyalosandeshonline 11005+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

विराटनगर । पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ ।

‘टुरिजम गेस्ट हाउस’ बनाउने भन्दै एसएसबीले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माणको काम सुरु गरेपछि सूर्योदय नगरपालिकाले चासो दिएको हो ।

पूर्वी नाका पशुपतिनगरमा आज यसबारे सरोकारवालासँग छलफल गर्ने तयारी गरिएको छ ।

सूर्योदय नगरपालिका २ का वडाध्यक्ष डिगबहादुर बमजनका अनुसार पुलखोलाको दशगजा क्षेत्रमा एसएसबीले गेस्ट हाउस बनाउन सुरु गरेको पाइएको छ ।

त्यस क्षेत्रको वडाध्यक्ष बमजनलगायत स्थानीय जनप्रतिनिधि र अन्य निकायका प्रतिनिधिले अवलोकन समेत गरेका थिए ।

वडाध्यक्ष बम्जन, वडासदस्य उपेन्द्रराज पान्डे, पशुपतिनगर सीमा प्रशासन कार्यालयका प्रमुख र पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) का डिएसपीसहितको टोलीले हिजो साँझ त्यस क्षेत्रको अवलोकन गरेको थियो ।

त्यस क्रममा तत्काललाई संरचना बनाउन रोकेर दुवै पक्षको छलफलपछि मात्र अघि बढ्न एसएसबीलाई आग्रह गरिए पनि बेवास्ता गरिएको बमजनले बताए ।

आज हुने छलफलपछि विस्तृत बुझेर प्रशासन कार्यालय लगायत निकायमा यसबारे जानकारी दिने तयारी भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

पूर्वी सीमामा यसअघि पनि पटक पटक सीमासम्बन्धी विवाद हुँदै आएको छ । भारतीय सुरक्षाकर्मीले कहिले वन डिभिजन कार्यालयको भवन भन्दै अनि कहिले क्याम्प राख्ने भन्दै संरचना बनाउने गरेका छन् ।

नेपाली जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले त्यस्ता कामको विरोध गर्दै आवाज उठाउने गरेका छन् । त्यही कारण दशगजा क्षेत्र र सीमा मिचेर बनाइएका संरचनाहरु हटाइँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार