मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

धर्मेन्द्र झाको मैथिली कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित

Ujyalosandeshonline 11474+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । वरिष्ठ पत्रकार धर्मेन्द्र झाको मैथिली कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित भएको छ । झा साहित्यक क्षेत्रमा भने धर्मेन्द्र विह्वल नामले चिनिन्छन् । यो उनको छैठौँ कविता कृति हो । 

मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो । उनले यो कृतिमा एकै शीर्षक ‘शहर’मा ५१ वटा कविता अँटाएका छन् । 

यसबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन् । मिथिला नाट्यकला परिषद्ले प्रकाशन गरेको यो कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’मा आवरणसहित सबै चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एससी सुमनले बनाएका छन् । विह्वलको शब्द र सुमनको चित्रको ‘फ्युजन’ले संग्रहलाइ विशेष बनाएको छ । 

यसअघि विह्वलका ‘रस्ता तकैत जिनगी’ (२०५१), ‘एक सृष्टि एक कविता’ (२०५६), ‘एक समयक बात’ (२०६३), ‘धुवाँएल आकृतिसभ’ (२०६३) र ‘व्योमक ओहि पार’ (२०७८) मैथिली कवितासंग्रह प्रकाशित छन् ।

कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार