रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते

Ujyalosandeshonline 11469+ समाचार ( )
२० मंगशिर २०८२, शनिबार

रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिकमा सवारी दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका हुन् । 

दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहट बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा १२ वर्षीय युवराज पटेल  ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।  

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा उक्त घटना भएको प्रहरीले जनकारी दिएको छ । घटनापछि बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ  ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै