मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


नेपाल आयल निगमको भण्डारण क्षमता वृद्धि परियोजनाको डिपिआर निर्माण सुरु

Ujyalosandeshonline 11474+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

भैरहवा । नेपाल आयल निगमको भण्डारण क्षमता वृद्धि परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) काठमाण्डौं विश्वविद्यालयले बनाउने भएको छ । काठमाण्डौं विश्वविद्यालयको कन्सटेन्सी सेवा र नेपाल आयल निगमको भण्डारण क्षमता वृद्धि परियोजना विच डिपिआर बनाउने विषयमा बुधबार सहमति भएको छ । परियोजनाका प्रमुख र काठमाण्डौं विश्वविद्यालय (कन्सल्टेन्सी सेवा) का प्रमुख विवेक बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

डिपिआरका लागि नेपाल आयल निगम निगम लिमिटेड, भण्डारण क्षमता वृद्धि परियोजना र काठमाण्डौ विश्वविद्यालय, कन्सल्टेन्सी सेवाबीच १ करोड ९५ लाख ७६ हजार ५ सय ७८ रुपैयाँ ५५ पैसा (मूल्य अभिवृद्धि कर सहित) मा सम्झौता भएको छ । ६ महिना भित्र डिपिआर हस्तान्तरण हुने सहमति भएको छ । 

सम्झौता कार्यक्रममा बोल्नुहुदै विश्वविद्यालय कन्सल्टेन्सी सेवाका प्रमुख विवेक बरालले परियोजनाले विश्वास गरेकोले यसमा खरो उत्रिने बताए । उनले एक नम्बरको काम गरेर देखाउने प्रतिवद्धता जनाए । “निश्चित समय भित्र निश्चित गुणस्तरमा काम सकाउन हामी प्रतिवद्ध छौं ।” बरालले भने 

उहाँले यो डिपिआर निर्माण मात्र नभई सिक्ने र सिकाउने स्थलको रुपमा पनि रहने बताए । 

नेपाल आयल निगम भलवारी डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको निरन्तरको माग र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्नका लागि रोहिणी नदी किनारमा २१ बिघा जमिनमा आधुनिक डिपो निर्माणको काम थालिएको हो । नेपाल आयल निगम लिमिटेडले चालू आर्थिक बर्ष ०८१/०८२ को नीति कार्यक्रममा नै बजेट समावेश गरेको आयोजना प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए । 

उनका अनुुसार यहाँ आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्यांकसमेत बनाइनेछ । तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्यांकीमा कूल ९ हजार किलोलिट क्षमताको डिजेल भण्डारण गृह बन्नेछ । त्यस्तै ७ सय ६० किलोलिटर अटाउने तीन वटा भर्टिकल ट्यांकीमा कूल २ हजार २ सय ८० किलोलिटर क्षमताको पेट्रोल भण्डारण गृह र २ सय ५० किलोलिटर क्षमताको दुई वटा भर्टिकल ट्यांकीमा कूल ५ सय किलोलिटरको मट्टितेल भण्डारण गृह बन्नेछ ।

डिपो भित्र कम्तीमा एक सय ५० वटा टैंकट्रक सजिलै आवात जावत गर्न सक्न ठूलो क्षमताको पार्किङ स्थल पनि बन्नेछ । अमेरिकन पेट्रोलियम इन्स्टिच्यु (एपिआई) को मापदण्डलाई पूर्ण पालना गरी तयार हुने डिपोमा नविन प्रविधिको सुरक्षा प्रणालीहरु जडान हुने यादवले बताए ।

नेपाल आयल निगम लिमिटेडले लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको सहज आपूर्ती सुनिश्चित गर्न रुपन्देहीको भलवारीमा प्रादेशिक कार्यालय र बाँकेको नेपालगञ्जमा शाखा कार्यालय संचालन गरी सेवा उपलब्ध गराइरहेको छ । यसमध्ये भलवारी डिपोको कार्यक्षेत्र तुलनात्मक रुपमा ठूलो छ ।

भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ । ५ सय १९ किलोलिटर क्षमताको पेट्रोल स्टोरेज ट्यांक छ भने डिजेलको ३ हजार ४० किलोलिटर र मट्टितेलको १ सय ४० किलोलिटर क्षमताको ट्यांक छ । बढ्दो खपतको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून हो । अहिलेको भण्डारण क्षमताले पेट्रोलको २ दिन र डिजेलको ५–६ दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको यादव बताउछन् ।

रोहिणी नदिको छेउमा रहेको भण्डारण गृहले यस्ता धेरै समस्याहरु हटाउने यादवको विश्वास छ । नेपाल आयल निगमले अहिले प्रादेशिक रुपमै यस्ता भण्डारण गृहहरुको निर्माणको योजना बनाएको उनले बताए । 

२०२७ सालमा स्थानमा भएको नेपाल आयल निगम काठमाण्डौंको टेकुमा प्रधान कार्यालय रहेको छ । आयल निगमको ७ वटा प्रादेशिक कार्यालय, ३ वटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र २ वटा हवाई इन्धन रिफ्युलिङ्ग स्टेशन संचालनमा छन् । 

पेट्रोलियम पदार्थका लागि आयातमा निर्भर रहेको नेपालका लागि नेपाल आयल निगमले भारतको सरकारी स्वामित्वको ईण्डियन आयल कर्पोरेशन (आइओसी) बाट इन्धन खरिद गरी देशभर बिक्री वितरण एवं भण्डारण गर्दै आईरहेको छ । बिराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, काठमाण्डौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार ३ सय ८४ किलोलिटर रहेको छ भने करिब ६ सय कर्मचारी निगममा कार्यरत छन् ।

वर्तमान समयमा नेपालमा पेट्रोलियम पदार्थको माग १.९ मिलियन टन रहेको छ र वार्षिक १० प्रतिशतका दरले मागमा वृद्धि भइरहेको छ । हाल देशमा हुने कुल उर्जा खपतमध्ये १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहेको छ र मुलुकभर पेट्रोलियम पदार्थको माग निरन्तर बढिरहेको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार