रेशम फिरिरी नेपालद्वारा माझी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

Ujyalosandeshonline 11033+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

कुसुम परियार 

नवलपुर । नवलपुरको कावासोती-१५ शेरगञ्जमा रहेको माझी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रेशम फिरिरी नेपालले शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक सोमराज घिमिरेको अध्यक्षता एवम रेशम फिरिरि नेपालका सल्लाहकार ताराप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो । 

कार्यक्रममा विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरु गरि ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा रेशम फिरिरि नेपालका कार्यक्रम संयोजक सिता पंगेनी, रेशम फिरिरि नेपालका सहयोगी भेषराज बस्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना कुमारी मुसहर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका शर्मिला गिरिले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार